पसिना बगाए यहि फल्छ मोती

अञ्चलमा अति नै प्रतिष्ठित गैर्‍हसरकारी संस्था धौलागिरि सामुदायिक श्रोत विकास केन्द्र बाग्लुङमा कृषि प्राविधिकका रुपमा १३ वर्षसम्म जागिर गरेपछि उहाँलाई थाहा लाग्यो – जागिर खाएर प्रगति लगभग असम्भव छ । जागिर जीविकोपार्जनका लागि भन्दा पनि बढी निर्वाहमुखी मात्र भयो भन्ने उहाँले ठम्माउनु भयो अनि उहाँको दिमागमा एउटा योजना फुर्‍यो – राम्ररी उपयोग हुन नपाएको आफ्नै बारीमा व्यावसायिक तरकारी खेती गर्ने ! उहाँ अर्थात रत्नेचौर –४ निवासी ४१ वर्षिय नीरबहादुर थापा ।
घरनजिकैको धारामा खेर गईरहेको पानीलाई संकलन गर्नका लागि २० हजार लिटर क्षमताको प्लाष्टिक पोखरी निर्माण गरिसकेपछि उहाँ आफ्नो व्यवसायिक सफलतामा अझ अरू ढुक्क हुन सकेको बताउनुहुन्छ । अहिले उहाँको बारीमा लगभग १२ क्विन्टल उत्पादन दिन सक्ने करेलाका बोटहरू छन् । तर लामोसमयदेखि गाउँमा पानी नपर्नाले उहाँ अलिकति चिन्तित पनि हुनुहुन्छ । तर जब उहाँका आँखाहरू आफ्नो २० हजार लिटर क्षमताको प्लाष्टिक पोखरीमा पुग्छन् अनि उहाँ केही आशावादी बन्नुहुन्छ । र, मुस्काउँदै निश्चिन्त हुनुहुन्छ – कि सिंचाईको समस्या भने पर्दैन् । पर्न दिदिँन् । खाडीको टाउको दुख्ने घाममा गैची बेल्ता गर्ने आफ्नै गाउँले दाजुभाईप्रति उहाँलाई ठूलो दया जागेको महशुस हुने बताउँदै उहाँ भन्नुहुन्छ, “खाडीमा बगाउने पसिना आफ्नै गाउँ ठाउँमा बगाउने हो भन्ने शिर उठाएर जिउन सकिन्छ । भर्खर मात्र व्यवसायिक तरकारी खेतिमा कटिबद्ध भएर लागि पर्नु भएका थापा एकदिन जिल्लाकै नमुना तरकारी उत्पादक हुन सक्ने विश्वास ब्यक्त गर्नुहुन्छ, उहाँकै छिमेकी तथा चीरपरिचित समाजसेवी टेकबहादुर रावल । उहाँको व्यवसायिक तरकारी खेतीको सफलताका लागि हाम्रो पनि शुभकामना !

3 thoughts on “पसिना बगाए यहि फल्छ मोती

  1. सर्ब प्रथम त भानिज लाई धन्यवाद !
    यस्तो खुशी को खबर सुनाउनु भएको मा हाम्रो गाऊँ मा पनि आफ्नो सिप र मेहेनत ले कोही आत्मनिर्भर भइ गाऊँ समाज र देश कै आर्थिक उन्नती मा टेवा पुग्ने काम गरी आफ्नो परिचये लाई देश बिदेश मा पुग्ने काम गरेको मा।
    अनी धन्यवाद क्रीसक निर बहादुर थापा लाई जो गाऊँ कै नमुना का रुप मा आफ्नो सफल ब्यबसाये बाट इस्थापित हुनु भये को मा ।मलाई जहाँ सम्मा लाग्छ यो नाम शायद मैले चिने कै हुनु पर्ने।(कतै “निरे” त होइन?) तर जे होस् खुशी लाग्यो आफ्नो गाऊँ का ठिटा हरुले यस्तो प्रगती गरे को सुन्न पाउदा।मलाई अझै याद आउँछ मेरा गाऊँ का बुडा पाका ले भन्ने गर्थे छोरा हुनुत बोगटी थरे फलानो(…….) जस्तो हुनु नि।हेर त हेर्दा हेर्धै कस्तो गर्‍यो।तर आज म गर्ब का साथ् भन्न चाहन्छु कि हाम्रो गाऊँ मा पनि मोती फल्छन कतै खोज्न जानु पर्दैन।तर मोती पनि चिन्नु पर्छनी होइन भानिज्?मोती सजिलै पांइदो होत जस्ले पनि टिपी हाल्छन्।त्यसैले पत्थर लाई पुटाउनु पर्छ अनी मात्र त्यहाँ मोती टिप्न सकिन्छ।जुन अहिले हाम्रा सफल ब्यबसाइ भाई “निर” थापा ले त्यो गरेर देखाय का छन्।त्यती मात्र होइन उनी अहिले आफ्नो जन्म थलो छाडेर बिदेसिने र रोजगार को लागि अन्य मुलुक मा गएर पनि आफ्नो र आफना परिबार का लागि केही गर्न नसकी आफ्नो परिचय गुमाएर बस्ने हरू का लागि “नमुना” को रुप मा खडा भएका छन।केही गरौ र स्वाबिलम्बी बनौ भन्ने भाबना जगाउन का लागि “प्रेरणा” कै रुप मा चिनिने छन र आफ्नो मेहेनत ले आफु र आफ्ना गाऊँ का सबैलाई आफ्नो सिप र आफुले सिकेका अनुभब सबै सङ्ग सेयर गरी लगुन र एक प्रतिष्ठित ब्यबसाइ का रुप मा चिनिउन र हाम्रो प्यारो गाऊँ “रत्नेचौर” कै उदाहर्णिये ब्यक्तित्तो बनुन भन्ने कामना ।
    अन्तमा:-
    सूश्वासथ दिर्घायु एबम सफलता को कामना।

  2. स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने भाबनाका धनी तरकारी खेतीलाई
    ब्याबसायिक रुप दिने नीर बहादुर थापाको बारेमा पढ्दा खुशी लाग्यो । यस्तै सधैं अरु ब्यक्तिहरुको पनि पढन पाइयोस । निराजन भाईलाई धेरै धन्यवाद ।

Leave a comment