रत्नेचौरको रेडक्रस उपशाखालार्इ सहयोगको आवश्यक

श्याम खत्री
रत्नेचौर उपस्वास्थ्य चौकी नयाँ भवनमा सरेपछि केहि वर्ष अगाडिदेखि नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाले उपयोग गर्दै आएको उपस्वास्थ्य चौकीको भवनबाट आफ्ना नियमित कार्यसम्पादन गर्नमा असहज भएका कारण छिट्टै नयाँ भवनका लागि आवश्यक काम थाल्ने भएको छ । माओवादी द्भन्दकालमा क्षतिग्रस्त रत्नेचौर गा.वि.स भवनकै कोठाहरू मध्ये त्यो कोठा पनि एक थियो ।

बैठकमा सहभागी महिला सदस्यहरू साथमा कोषाध्यक्ष सरिता शर्मा

कामचलाउरूपमा भवनको मर्मतसम्भार गरियता पनि भवनको स्थिती अत्यन्तै नाजुक रहेको छ । गा.वि.स. भवन पक्की बन्दै छ भने उपस्वास्थ्य चौकी यस अगाडि नै ऐतिहासिक बुढोपोखरीको ठिक मुनिपट्टी आफ्नै पक्की भवनमा सरिसकेको छ । त्यसकारण पनि भवनको उपयुक्त मर्मत सम्भारका लागि कसैको ध्यान पुग्न सकेको छैन । रेडक्रस उपशाखाको हालै बसेको पदाधिकारी बैठकले यथासम्भव कम खर्चमा एउटा नयाँ भवन निर्माण गर्ने निर्णय गरेको छ । साथै भवन निर्माणका लागि आवश्यक सहयोग गर्नका लागि सहयोग दाताहरूसँग अपिल समेत गरि विज्ञप्ति प्रकाशित गरेको छ । स्मरण रहोस् नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखा अन्तरगतका धेरै उपशाखाहरूको स्थानीय सहयोगदाताहरूको सहयोगमा भवन निर्माण कार्य सम्पन्न भैसकेका छन् ।

बैठकमा सहभागि पुरूष सदस्यहरू

नेपाल रेडक्रसबाट नर्वेजियन रेडक्रसका लागि युवा प्रतिनिधी छनौट भर्इ हालः नर्वेजियन रेडक्रसमा कार्यरत रत्नेचौर २ निवासी नीराजन थापाले भवन निर्माणका लागि आफ्नो कार्यक्षेत्रमा केहि रचनात्मक कार्यक्रम गरी आर्थिक सहयोग संकलन जुटाउनेप्रति ध्यान दिने बताएका छन् ।
सहयोगका लागि यहाँहरूले सम्पर्क गर्नसक्नु हुने व्यक्तिहरू निम्नलिखित हुनुहुन्छ –
चिरिञ्जीवि बोगटी (राजकुमार) अध्यक्ष
चिरिञ्जीवि बोगटी (चिरन) सचिब
नेत्रबहादुर महत (भवन निर्माण समिति, संयोजक)
खड्गबहादुर बोगटी
सहयोगका लागि यस ब्लग मार्फत दाताहरूसँग आब्हान गरी प्रकाशित गरिएको विज्ञप्ती तल हेर्नुस्

रत्नेचौरमा आधुनिक खेति प्रणालीको शुरूवात !

यो तलको फोटो हेर्नुस । र, यो ट्याक्टरले ठ्याक्कै कसको खेतमा जोतिरहेको छ अनुमान गर्नुस । सहि अनुमान गर्नेहरू मध्ये एकजनालार्इ आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । तपार्इको अनुमान कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ । मर्यादाक्रम अनुसार प्राथमिकता दिइनेछ, अर्थात फस्ट कम फस्ट सर्भ । ट्याक्टरले नै किन जोत्नु पर्यो ? के अब रत्नेचौरमा आधुनिक कृषि प्रणाली भित्रिएकै हो त ? यससम्बन्धी विस्तृत जानकारी केहि दिन पछि अपडेट हुँदैछ ।

ट्याक्टरल जोत्दैछ अब यहाँका फाँटहरूमाः फोटो सुरत केसी

श्री रामचन्द्र नि.मा.वि.मा मगर भाषाको कक्षा सञ्चालन

रामचन्द्र थापा, अर्जम

रामचन्द्र नि.मा.वि.को भवनको दृश्य (फोटो ः रामचन्द्र थापा)

म्याग्दी जिल्ला रत्नेचौर गा.वि.स. अर्जममा अबस्थीत श्री रामचन्द्र नि.मा.वि.मा यसै शैक्षिक सत्रदेखि मगर भाषाको कक्षा सञ्चालन भएको छ । मगर जातिको बाहुल्यता रहेको अर्जम गाउँमा अन्य जनजातिको पनि बसोबास रहेतापनि उनीहरुले पनि मगर भाषा उत्सुकताकासाथ अध्ययन गरीरहेका कुरा बिद्यालयका प्रअ शस्तविर आले मगरले बताउनुभएको छ । यसअगाडि वि.सं. २०६० सालमा पनि श्री रामचन्द्र नि.मा.वि.मा मगर भाषाको अध्यापन भएको थियो ।

श्री रामचन्द्र नि.मा.वि.मा मगर भाषाको कक्षा सञ्चालनरामचन्द्र थापा, अर्जमम्याग्दी जिल्ला रत्नेचौर गा.वि.स. अर्जममा अबस्थीत श्री रामचन्द्र नि.मा.वि.मा यसै शैक्षिक सत्रदेखि मगर भाषाको कक्षा सञ्चालन भएको छ । मगर जातिको बाहुल्यता रहेको अर्जम गाउँमा अन्य जनजातिको पनि बसोबास रहेतापनि उनीहरुले पनि मगर भाषा उत्सुकताकासाथ अध्ययन गरीरहेका कुरा बिद्यालयका प्रअ शस्तविर आले मगरले बताउनुभएको छ । यसअगाडि वि.सं. २०६० सालमा पनि श्री रामचन्द्र नि.मा.वि.मा मगर भाषाको अध्यापन भएको थियो ।

रत्नेचौरमा एमाले गाउँ अधिवेशन, अध्यक्षमा बोगटी

रत्नेचौरमा एक प्रतिस्पर्धी मुख्य दलको हैसियतमा रहेको ने.क.पा. (एमाले) ले आफ्नो पहिलो गाउँ अधिवेशन सम्पन्न गरेको छ । लामो समयदेखि रत्नेचौर—४, निवासी टेकबहादुर रावलको अध्यक्षतामा क्रियाशिल गाउँ कमिटिले अधिवेशन पछि भने नेतृत्वमा नयाँ अनुहार पाएको छ । एक समारोह बिच एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा एमाले जिल्ला कमिटि म्याग्दीका पूर्व सचिव तथा जि.वि.स म्याग्दीका भू.पु उपसभापति भूपेन्द्रबहादुर थापा, जिल्ला कमिटि सचिव खुमबहादुर बानियाँ, सदस्य सन्तोष रावल, बालकृष्ण सुवेदी लगायतले मन्तव्य व्यक्त गरेको बताइएको छ । कार्यक्रमको सभापतित्व गाउँ कमिटि अध्यक्ष टेकबहादुर रावल र सञ्चालन सचिव नीरबहादुर थापाले गरेको जनाइएको छ । Continue reading