एकता अर्जम सांस्कृतिक समूहले विगतका वर्षहरूमा झैं यस वर्ष पनि आयोजना गर्न लागिरहेको ”वृहत साँस्कृतिक कार्यक्रम तथा एकल नृत्य प्रतियोगिता २०६९” को सफल आयोजनाका लागि वैदेशिक रोजगार तथा स्वदेशी व्यापार/ब्यवसायमा संलग्न रत्नेचौरवासीले उल्लेख्य मात्रामा आर्थिक सहयोग गरेका छन् । समूहका संस्थापक अध्यक्ष एवं यस ब्लगका वरिष्ठ संवाददाता रामचन्द्र थापाले उपलब्ध गराएको सहयोग दाताहरूको सहयोग रकम सहितको सूची तल उल्लेख गरे बमोजिम रहेको छ ।
सलमान थापा / बिष्णु थापा ग्रुप, रत्नेचौर ७, म्याग्दी (हाल मलेसिया) रु १५,०००/-
याम थापा मगर, ज्यामरुकोट भकुण्डे, म्याग्दी (हाल लण्डन) रु. १०,०००/-
रामचन्द्र थापा मगर, रत्नेचौर ७, म्याग्दी (हाल डेनमार्क) रु ६,०००/-
युबराज थापा मगर, रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल कतार) रु ५,५५५/-
डील आले मगर, रत्नेचौर ६ अर्जम, म्याग्दी (हाल बेल्जियम) रु ५,४५०/-
हिमनाथ आचार्य, रत्नेचौर ७, म्याग्दी (हाल साउदी अरब) रु. ५,००० /- (भलिबल प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजक)
(नाम गोप्य) रु. ५०००/- (खुला एकल नित्य प्रतियोगिता को प्रथम पुरस्कार प्रायोजक)
प्रमोद श्रेष्ठ, बेनी बजार म्याग्दी , रु. ५,००० /- (ब्यानर डिस्पे प्रायोजक; श्रेष्ठ फर्निचर उधोग)
दम्मर ब थापा मगर, रत्नेचौर ९ अर्जम, म्याग्दी (हाल साउदी अरब) रु ५,०००/-
जङ्ग ब. थापा मगर, रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल युएई) रु ५,०००/-
अरुण थापा मगर, रत्नेचौर ९ अर्जम, म्याग्दी (हाल कतार) रु. ५,०००/-
युबराज बिक , रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल युएई) रु ३,३३३/-
सुमन थापा मगर, रत्नेचौर २ म्याग्दी (हाल बेल्जियम) रु ३,३००/- (खुला एकल नित्य प्रतियोगिता को दोस्रो पुरस्कार प्रायोजक)
कृष्ण पुन मगर, अर्चलबोट पोखरा कास्की, (हाल युके) रु ३,०००/-
खम थापा मगर, रत्नेचौर ५ म्याग्दी रु. ३,००० /- (ब्यानर डिस्पे प्रायोजक; हाम्रो बेनी पुस्तक पसल)
सन्तोस राबल, बेनी बजार रु. ३,००० /- (ब्यानर डिस्पे प्रायोजक; एस एन एस ”SNS” ग्लास हाउस)
चन्द्र ब. थापा, रत्नेचौर ७ म्याग्दी (हाल साउदी अरब) रु ३,०००/- (भलिबल प्रतियोगिता को दोस्रो पुरस्कार प्रायोजक)
मादब आले मगर, रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल कतार) रु २,५०५/-
चित्र थापा मगर, रत्नेचौर ९ अर्जम, म्याग्दी (हाल मलेसिया) रु २,५००/-
रुद्र थापा मगर, रत्नेचौर ६ अर्जम, म्याग्दी (हाल कतार) रु. २,३००/-
करण आले मगर, रत्नेचौर ६ अर्जम, म्याग्दी रु. २,००० /- (ब्यानर डिस्पे प्रायोजक; न्यू माच्छापुच्छ्रे रेस्टुरेन्ट)
समिर थापा मगर, रत्नेचौर ६ अर्जम, म्याग्दी (हाल गुजरात, भारत) रु २,०००/-
जङ्ग ब. थापा मगर, रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल मलेसिया) रु. १,७००/-
युबराज प्रधान, रत्नेचौर ९ अर्जम, म्याग्दी (इन्डिया आर्मी) रु १,६०१/-
तुल बहादुर थापा मगर, रत्नेचौर ८ अर्जम, म्याग्दी (हाल कतार) रु १,६००/-
जितेन्द्र थापा मगर, रत्नेचौर ९ अर्जम, म्याग्दी (हाल साउदी अरब) रु १,५००/-
भिम थापा मगर, रत्नेचौर ६, म्याग्दी रु. १,५०० /- (ब्यानर डिस्पे प्रायोजक; धौलागिरी गुञ्जन फेन्सी स्टोर)
श्याम प्रधान, रत्नेचौर ९ अर्जम, म्याग्दी (हाल भारत) रु १,५००/-
चित्र थापा मगर, रत्नेचौर ८ अर्जम, म्याग्दी (हाल मलेसिया) रु १,२००/-
रबिन थापा मगर, रत्नेचौर ६ अर्जम, म्याग्दी (हाल ईराक) रु. १,०००/-
हर्क ब. थापा मगर, रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल भारत) रु. १,०००/-
बनौ फेन्सी स्टोर, बाग्लुङ बजार रु ५००/-
राज टेलर्स, बाग्लुङ बजार रु ५००/-
नमस्ते होटल, बेनी बजार रु ५००/-
Tag Archives: रत्नेचौर
मनसुन लागेन रत्नेचौरमा
मनसुन शुरू भएको दुर्इहप्ता बितिसक्दा पनि रत्नेचौरमा खास वर्षा हुन सकेको छैन । पहिलेका बर्षहरूमा मध्य असारदेखि रोपाइँको काम शुरू हुने गरेको भएपनि आजसम्म गाउँमा कसैले हल नारेका छैनन् । मकै बाली अपेक्षित समयमा फल्न नसकेको र लामोसमयदेखि खडेरीको चपेटामा परेकाले धानको बिउँ उम्रन नसक्नुले रोपाइँको काम शुरू हुन नसकेको किसानहरूले बताए ।
असारको दोश्रो हप्ता शुरू हुनेबेलामा फाट्टफुट्ट पानी पर्न शुरू गरेपनि रोपाइँको काम हुने गरी वर्षा भएको छैन । रत्नेचौर ३ का कृषक लाल थापाका अनुसार अहिले गाउँमा कोदो रोप्ने काम शुरू भएको छ । सम्भवतः असारको अन्तिम वा साउनको पहिलो हप्तापछि मात्र रोपाइँको काम शुरू हुनेछ ।
रत्नेचौर र धौलागिरि
तस्बिरः शितल शर्मा, क्याप्सनः नीराजन शिरीष
एमाले अञ्चलमा भूपेन्द्रबहादुर थापा निर्वाचित
एकराज सुवेदी (काठमाण्डौंबाट)
रत्नेचौर २ निवासी, ने.क.पा (एमाले) म्याग्दीका भू.प् जिल्ला कमिटी सचिव तथा जिल्ला बिकास समिति म्याग्दीका निबर्तमान उपसभापति भूपेन्द्रबहादुर थापा एमाले धौलागिरि अञ्चलको अञ्चल कमिटि सदस्यमा सबैभन्दा बढी मत ल्याउनेमा दोश्रो स्थान (कुल मत १४ मा १०) हासिल गर्दै निर्वाचित हुनुभएको छ । सबैभन्दा बढी ११ मत ल्याउनेमा पर्वतबाट डम्मरकुमारी गुरूङ हुनुहुन्छ ।
पुष १८ गते बागलुङमा सम्पन्न अधिवेशनले ७ सदस्यीय कमिटि निर्वाचित गरेको हो । म्याग्दी जिल्लाबाटै उम्मेदवार हुनु भएका निर्वतमान अञ्चल कमिटि सचिव तथा भू.पु जिल्ला सभापति नवराज शर्माले जम्मा ५ मत प्राप्त गरि निराशाजनक पराजय ब्योहोर्नु परेको छ । यस अगाडि यसै कमिटीको मुख्य पद सचिवमा निर्वाचित शर्माको हार अनपेक्षित हो । बिधान अनुसार अञ्चल कमिटिको निर्वाचनमा अञ्चलभरका जिल्ला कमिटिका अध्यक्षहरू, सबै जिल्लाका राष्ट्रिय प्रतिनिधी परिषदमा प्रतिनिधित्व गर्ने सदस्यहरू र केन्द्रिय सदस्यहरूले मत खसाल्न पाउँछन् । स्रोतका अनुसार भूपेन्द्रबहादुर थापाको अञ्चल कमिटि सचिव हुने सम्भाबना अति नै बलियो छ । अब हुने सचिवको निर्वाचनमा २१ मत हुनेछन् ।