रत्नेचौर र धौलागिरि

तस्बिरः शितल शर्मा, क्याप्सनः नीराजन शिरीष

This slideshow requires JavaScript.

कहिले आउँला पालो अञ्चलस्तरीय रंगशाला बन्ने मेरो ?

खेलाडीको पर्खाइमा म्याग्दी जिल्लाकै सर्बाधिक ठूलो चौर

अर्जममा मोटरसाईकल दुर्घटना

 

दुर्घटनाग्रस्त मोटरसाइकल

 भकिम्ली ग्रामिण सडकखण्डको स्तरोन्नती नहुँदा यस भेगका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका छन् । अफ्ठेरो सडक तथा यस सडकखण्डमा गुड्ने सवारी साधनहरुले क्षमताभन्दा बढी यात्रु चढाउने कार्यले गर्दा दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । यसै बिचमा गत चैत्र १९ गते साँझ यस सडक खण्डको रत्नेचौर – ६ अर्जम स्थित रामचन्द्र नि.मा.वि. भन्दा ५० मिटर माथिको सडकबाट म्याग्दी कालि संचार सहकारीको ग ३ प ४१०८ को मोटरसाईकल सडकबाट झण्डै १०० मिटर तल गणेश मन्दिरमा झर्दा त्यसमा सवार उक्त संस्थाका प्राविधिक विजय गुरुङ गम्भिर घाईते भएका छन् । अफ्ठेरो बाटो र उच्च गतिका कारण दुर्घटना भएको घटनाका प्रत्यक्षदर्शी अर्जमवासीले बताए । उक्त दुर्घटना गाउँको बिचमा नभै कुनै निर्जन ठाउँमा भएको भए घाईते गुरुङको घटनास्थलमै मृत्यु हुन सक्ने प्रत्यक्षदर्शीले आशंका व्यक्त गरे । गाउँको बिचमा दुर्घटना भएकाले तत्काल उपचारका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङ् पुर्‍याई प्राथमिक उपचार पश्चात पोखरा स्थित मणिपाल हस्पिटलको सघन उपचार कक्षमा दुई दिनको उपचार पछि निजको होश खुलेको बताईएको छ ।

रातो घेरामा मोटरसाइकल खसेको स्थान, पहेंलो धर्को मोटरसाइकल झर्दाको सम्भावित क्षेत्र

जय चापको रूख !

मलाई अहिलेसम्म यो चाँपको बोटमुनी हाम्रा गाउँका बासिन्दाहरुले राम्रा र असलभन्दा बढी नकारात्मक र अरुको कुरा काट्ने, अरुको प्रगतिको आहरिश गर्ने र कसरी हु्न्छ अरुको खुट्टा तान्ने भन्ने विषयमा छलफल गर्दैमा आफ्ना उर्जाशिल समयहरु त्यत्तिकै खेर फाले कि भन्ने लागेको छ । हुन त मानिसका विचारहरु फरक हुनाले बुझाईहरु पनि एक अर्काको भन्दा अलि भिन्दै अवश्य हुन्छन् तथापि यो विषयमा मैले मेरा गाउँका प्रत्येक सचेत युवाहरुको धारणा मेरो जस्तै छ होला भन्नेमा विश्वस्त हुन सक्ने थुप्रै आधारहरु भेटेको छु ।

यो यस्तो चौपारी हो जहाँ मान्छेहरु भेला हुन्छन् तर असल गफहरु उनीहरु अति कम गर्छन् । कसैको विदेश जाने कुरा भएन् “बल्ल खायो मोराले” भन्नेहरुको ताँती भेट्न सकिन्छ यो चौपारीमा । कोही युवती अलिकती ग्ल्यामरस हुन खोजी, मान्छे जोरजाम हुन्छन अनि टुसुक्क बस्न नपाउँदै शुरु गर्छन कुराकानी – “फलानाकी छोरी त कति नकच्चरी भएकी !” यदि कोही मान्छे सामाजिक सेवामा व्यस्त हुन थाल्यो भने फेरि सुरु हुन्छ उही किस्सा – “ल हेर त्यो फलानो कम्ताको छ, पैसा ल्वाम्म पार्न पाईन्छ भनेर दिनरात खटिए झै गर्छ !” भएन फसाद ! कसैले रक्सी खाएको विषयमा कुराकानी हुन्छ, कसैले तास धेरै खेलेकोमा गुनासो हुन्छ । तर कोही कसैले अरुको दुःखमा ढाडस दिने कुरासम्म गर्दैनन् । ए, साँच्ची अनि त्यो चौपारीमा भेला हुनेहरुले रक्सी खाने र तास खेल्नेहरुका पनि मज्जाले कुरा काट्छन तर उनीहरु मध्ये कसैलाई पनि त्यसरी नराम्रो काम गर्नेहरुलाई त्यसो गर्नु हुदैन भनेर सम्झाउने फुर्सदसम्म हुँदैन ।

चापको रुख:कुरा काट्ने साझा थलो

अब हाम्रा गाउँलेहरुको सबभन्दा खराब यो बानीलाई हटाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । आशा गरौं अबको पिढी अर्थात हामीहरुले असल र सकारात्मक विचार मन्थन गरेर सहि अर्थमा यो चौपारीको सदुपयोग गर्ने छौं । जय चापको रुख !