भानु मा.वि.बाट ४१ प्रतिशत विद्यार्थी उत्तिर्ण

फलामे ढोका मानिने प्रवेशिका परिक्षामा भानु माध्यमिक विद्यालय रत्नेचौरका कुल ५६ जना विद्यार्थीहरू मध्ये जम्मा २२ जना विद्यार्थीहरू मात्र उत्तिर्ण हुन सफल भएका छन् । १५ जना प्रथम श्रेणी र ७ जना द्धितिय श्रेणीमा उत्तिर्ण भएका हुन् । परिक्षामा उत्तिर्ण विद्यार्थीको नामवली तल उल्लेख गरे बमोजिम रहेको छ । प्रथम श्रेणी ः अर्जमबाट आरती थापा, नीरु आले, सरोज आले, सुजन आचार्य, अन्जु थापा, विष्णुमाया थापा र सन्दिप नेपाली । त्यसैगरी प्रथम श्रेणीमै चौरबाट विदुर किसान, विकास थापा, धना पुन, रत्न थापा, गोविन्द शर्मा र सागर महत । मिलनचोकबाट भानु मा.वि.मा अध्ययन गरेका निलम पुन र विश्वास चापागाई पनि प्रथम श्रेणीमा उत्तिर्ण हुन सफल भएका छन् । द्धितिय श्रेणी ः अर्जमबाट ओमकला थापा, गणेश थापा र विष्णु थापा । त्यसैगरी चौरबाट आश्मी महत, एकेन्द्र बोगटी र बेबिना कार्की । मिलनचोकबाट अनुषा कार्की रहेका छन् ।