एमाले अञ्चलमा भूपेन्द्रबहादुर थापा निर्वाचित

एकराज सुवेदी (काठमाण्डौंबाट)

रत्नेचौर २ निवासी, ने.क.पा (एमाले) म्याग्दीका भू.प् जिल्ला कमिटी सचिव तथा जिल्ला बिकास समिति म्याग्दीका निबर्तमान उपसभापति भूपेन्द्रबहादुर थापा एमाले धौलागिरि अञ्चलको अञ्चल कमिटि सदस्यमा सबैभन्दा बढी मत ल्याउनेमा दोश्रो स्थान (कुल मत १४ मा १०) हासिल गर्दै निर्वाचित हुनुभएको छ । सबैभन्दा बढी ११ मत ल्याउनेमा पर्वतबाट डम्मरकुमारी गुरूङ हुनुहुन्छ ।
पुष १८ गते बागलुङमा सम्पन्न अधिवेशनले ७ सदस्यीय कमिटि निर्वाचित गरेको हो । म्याग्दी जिल्लाबाटै उम्मेदवार हुनु भएका निर्वतमान अञ्चल कमिटि सचिव तथा भू.पु जिल्ला सभापति नवराज शर्माले जम्मा ५ मत प्राप्त गरि निराशाजनक पराजय ब्योहोर्नु परेको छ । यस अगाडि यसै कमिटीको मुख्य पद सचिवमा निर्वाचित शर्माको हार अनपेक्षित हो । बिधान अनुसार अञ्चल कमिटिको निर्वाचनमा अञ्चलभरका जिल्ला कमिटिका अध्यक्षहरू, सबै जिल्लाका राष्ट्रिय प्रतिनिधी परिषदमा प्रतिनिधित्व गर्ने सदस्यहरू र केन्द्रिय सदस्यहरूले मत खसाल्न पाउँछन् । स्रोतका अनुसार भूपेन्द्रबहादुर थापाको अञ्चल कमिटि सचिव हुने सम्भाबना अति नै बलियो छ । अब हुने सचिवको निर्वाचनमा २१ मत हुनेछन् ।