स्लो बाइकमा महतको पकड

बिजेता बसन्त महत

 

बेनी,म्याग्दी/

अघिपछि अलि गतिमै बाइक हाँक्ने रत्नेचौर २ का बसन्त महतले हिजो आषाढ ६ गते भने अत्यन्तै ढिलो गतिमा बाइक हाँकेर जिल्लामा आयोजित ‘स्लो बाइक रेस’ मा प्रथम स्थान हासिल गरी नगद रू ५ हजार प्राप्त गर्न सफल भएका छन् । जेसिस म्याग्दीले आफ्नो स्थापना दिवसका अवसर पारेर आयोजना गरेको उक्त प्रतियोगितमा ३४ जना अरू प्रतिस्पर्धीहरूलार्इ पाखा लगाउँदै महतले शिर्षस्थान हासिल गर्न सफल भएका हुन ।

६० मिटरको दुरी निर्धारण गरी सवै भन्दा ढिलो बाईक हाँक्नेले जित हात पारेका हुन् । बाईक स्टार्ट गरेपछी बन्द गर्न नपाईने, निर्धारित सिमाभन्दा बाहिर जान नपाईने र भुइमा खुट्टाले टेक्न नपाईने जस्ता नियमहरुलाई पालना गर्दै महतले २ मिनेट ३० सेकेन्डमा उक्त दुरी पारेका थिए । उनीभन्दा २३ सेकेण्ड अगाडि उक्त दुरी पार गर्ने अर्का एक जना प्रतियोगि स्पर्धामा द्भितीय भएका थिए । 

रत्नपुत्र महतको यस सफलताका लागि हाम्रो ब्लगका तर्फबाट हार्दिक बधार्इ तथा उत्तरोत्तर प्रगतिको कामना छ ।

इभरग्रीन (बि) सँग रत्नेचौर युवा क्लब स्तब्ध

खेल शुरू हुनु पूर्व मैदानभित्र RYC रत्नेचौरका खेलाडीहरू

लामोसमयपछि खेल मैदानमा उत्रेका रत्नेचौर युवा क्लब, रत्नेचौरका खेलाडीहरूको उत्कृष्ट खेल प्रदर्शन हुँदा हुँदै पनि बेनीमा जारी बौद्दकप – २०६८ मा इभरग्रीन युथ क्लब बेनीको बि समूहसँग १ का बिरूद्द ४ गोलले पराजित हुन पुगेको छ ।

आवश्यक तयारी बिना नै मैदानमा उत्रेका चौरेली खेलाडीहरूको प्रदर्शन हेर्न लायक थियो । खेलको १० औं मिनेट नबित्दै चौरेली खेलाडीहरूको डि-बक्समा बल ह्यान्ड भएपछि इभरग्रीनले पेनाल्टी पाएको थियो । पेनाल्टीमा १ गोलले अग्रता लिएको इभरग्रीन युथ क्लबको अग्रतालार्इ खेलको ३० ‌औं मिनेटमा चौरेली स्ट्राइकर चित्र किसानले मैदानको मध्यरेखाबाट एक्लै बल अगाडि बढाउँदै विपक्षको डि-बक्समा पुर्याएर गरेको कडा प्रहारलार्इ इभरग्रीनका गोलरक्षकले राम्रोसँग समात्न नसक्दा रत्नेचौर युवा क्लबका डिफेन्डर प्रेम बोगटीले त्यसलार्इ गोलमा परिणत गरेर खेल १-१ को बराबरीमा ल्याउन सफल भएका थिए ।

दोश्रो हाफमा रत्नेचौर युवा क्लबका खेलाडीहरूमा गतिलो तालमेल नमिल्दा इभरग्रीनले खेलमा दोश्रो गोल थप्न सफल रह्यो । इभरग्रीनको दोश्रो गोलको लगत्तै खेलमा बराबरी गर्ने मौका रत्नेचौरका खेलाडीहरूले गुमाउँदा खेलमा इभरग्रीन एकतर्फि हावी भयो । र, खेलमा इभरग्रीनले ४-१ को नतिजा निकाल्दै आफ्नो पक्षमा नतिजा पार्न सफल रह्यो ।

भानु मा.वि. मा दशजोड संचालन गरिने

सीमा बोगटी (रत्नेचौरबाट फर्केर)

आज माघ २१ गते रत्नेचौर गा.वि.स वार्ड नं. १ स्थित श्री भानु माध्यमिक बिध्यालय रत्नेचौरको प्रांगण आयोजित आम भेलाले आगामी शैक्षिक सत्रबाट भानु मा.वि. मा दशजोड दुर्इको तह थप गर्ने सम्बन्धि छलफल भएको छ । भेलाले यथासिघ्र आयोजक समिति निर्माण गरी चन्दा संकलन तथा आर्थिक संकलनका लागि अन्य क्रियाकलापहरू संचालन गर्ने पनि निर्णय भएको छ ।

शितलको प्रयासमा भानु मा.वि.ले पायो १० थान कम्प्यूटर

नीराजन शिरीष

 

सामूहिक तस्बीर साथमा शितल शर्मा

 

हामीलार्इ ढिलो गरि प्राप्त समाचार अनुसार, रत्नेचौर १ घर भै, हालः ठमेल काठमाण्डौं स्थित नेपाल ड्रिम ट्राभल एजेन्सीकि बजार निर्देशक तथा त्यसै संस्थाकि एक अंशियार समेत रहेकी शितल शर्माको प्रयासमा श्री भानु माध्यमिक बिधालय रत्नेचौरमा १० थान कम्प्यूटर हस्तान्तरण गरिएको छ । गत मंसिर १९ गते कम्प्यूटर हस्तान्तरण कार्यक्रमकको आयोजना गरी उक्त कम्प्यूटरहरू हस्तान्तरण गरिएको हो थियो ।

नेपाली क्षेत्रबाट प्रथमपटक सगरमाथा आरोहण गर्ने पहिलो चाइनिज ह्वाङ नुवोले उक्त सहयोग गरेको समेत शर्माले हामीलार्इ जानकारी गराएकी छिन् । शर्माका अनुसार बेइजिङमा रहेको एक प्रतिष्ठित ब्यवासायि समूह झोङ्गकुन इन्भेस्टमेन्ट ग्रुपका कार्यकारी अध्यक्ष नुवोले एसिएर ब्रान्डका कम्प्यूटर ताइवानबाट खरिद गरेका हुन । रत्नेचौर गा.वि.स. मै सम्भवतः यति ठूलो परिणामको सहयोग जुटेको यो पहिलो अवसर हुनुपर्छ । उनिसँगको मेरो संस्मरण पढ्नलार्इ http://www.thapanirajan.blogspot.com हेर्नुहोला ।

कस्ता छन् कम्प्यूटर ? : बिधार्थीहरू चियाउँदै ।