एक साहसिक युवा-शिब बोगटी

बन्जि जम्प एक साहसिक खेल मानिन्छ । बन्जि जम्प गर्नका लागि साहस मात्र भएर हुँदैन, उत्तिकै धेरै धैर्यता र आत्मविश्वासको पनि खाँचो रहन्छ । हत्तपत्त जोकोहीले बन्जी जम्प गर्न डराउने गर्दछन् किनकी कमजोर मुटु भएकाहरूलार्इ बन्जी जम्प गर्न पनि दिइदैन् । बन्जी जम्प गर्नको लागि दर्हो साहसको खाँचो पर्दछ, यस्तै साहस र आत्मविश्वासका साथ सम्भवत म्याग्दी जिल्लाबाट (भिडियो रेकर्ड भेटिएकाले) पहिलो पटक बन्जिजम्पका लागि चर्चित भोटेकोशीमा पुगे रत्नेचौर‌- १ का शिब बोगटी । यो साहसका लागि शिब बोगटीलार्इ यस ब्लगका तर्फबाट हार्दिक आभार प्रकट गर्दै, यहाँहरूका लागि उनले बन्जी जम्प गर्दै गर्दाको भिडियो समर्पण गरिएको छ ।