अर्जम/१३ असोज, काठमाडौं रहेर अध्ययन गरिरहेका अर्जम निवासी १९ बर्षिय खमबहादुर थापाको मणिपाल हस्पिटल पोखरामा हिजो उपचारका क्रममा मृत्यु भएको छ । शैक्षिकसत्र ०६४/०६५ मा श्री भानु मा.वि. (हाल उ.मा.वि) बाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तिर्ण गरेका स्व. थापा बिधालयका मेधावी छात्र भएको सम्झनुहुन्छ शिक्षिका पार्वती थापा ।
निजामति सेवामा प्रवेश गर्नु पूर्व भानु मा.वि.मा अध्यापन गराउनुभएका शिक्षक पहलमान थापाका भार्इ रहेका खमबहादुर थापाले चार्टड एकाउन्टेन्ट दोश्रो सेमेस्टर पढ्दै हुनुहुन्थ्यो । मुटुसम्बन्धी रोग तथा उच्च रक्त चापका बिरामी रहेका आफ्ना भाइको मृत्युको खबर थाहा पाउँदा साथ उनकी सहोदर दिदी पबि थापा बेहोस भएपछि उहाँको बागलुङ हस्पिटलमा उपचार भैरहेको छ । उहाँको स्वास्थ्य स्थिती सामान्य छ ।