अविश्रान्त राजनैतिक यात्री- भूपेन्द्रबहादुर थापा

जन्मः

बेनी नगरपालिका वार्ड नं. १ अन्तरगत पर्ने रत्नेचौर गाउँमा बि.सं. २०२४ वैशाख १६ मा सामान्य किसान परिवारमा उनको जन्म भएको हो । [१] सरल एवं इमान्दार राजनैतिक व्यक्तिका रूपमा परिचित थापाको बाल्यकाल सामान्य बालककै रूपमा बित्यो । [२] बुबा शेरबहादुर थापा एवं आमा केशरी कुमारी थापाका जेष्ठ पुत्रका रूपमा जन्मिएका थापाका एक दिदी र एक भाई छन ।[३]

शिक्षाः

गाउँकै स्थानीय भानु उ. मा. वि. मा कक्षा ८ सम्मको अध्ययन पूरा गरी माध्यमिक शिक्षाको लागि गाउँदेखि ७ किमिको दुरीमा रहेको बागलुङ बजारस्थित बिद्यामन्दिर माध्यमिक बिद्यालयबाट बि.सं. २०३९ मा द्वितिय श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन । [४] प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि बागलुङ बजारकै धौलागिरि बहुमुखि क्याम्पसमा आइ एल सम्मको अध्ययन पूरा गरेका थापा त्यसपछि निरन्तर राजनीति मैं निरन्तर लागिपरेका छन । [५]

राजनैतिक जीवनः

बि.सं. २०५४ सालमा तत्कालिन जिल्ला बिकास समितिको उपसभापति पदमा अत्याधिक मतका साथ बिजय प्राप्त गरेपछि थापाले जिल्लाको राजनैतिक वृतमा उदीयमान राजनैतिक नेतृत्वका रूपमा पर्दापण गरे ।[६] पार्टी राजनीतिमा चाँहि उनको बलियो उपस्थिति बि.सं. २०६७ माघ ३ गते तत्कालिन धौलागिरि अञ्चलको नेकपा ‌‍(एमाले) को अञ्चल कमिटिका लागि भएको निर्वाचनमा सर्वाधिक मत ल्याउने उम्मेदवारको दोस्रो क्रममा निर्वाचित भएपछि भएको हो । त्यस्तो प्रकृतिको निर्वाचनमा अञ्चलभरका जिल्ला कमिटिका प्रमुखहरू, जिल्लाका राष्ट्रिय प्रतिनिधी परिषदमा प्रतिनिधित्व गर्ने सदस्यहरू र केन्द्रिय सदस्यहरूले मत खसाल्न पाउने व्यवस्था थियो । जुन निर्वाचनमा थापालाई १४ मतदाताहरू मध्ये १० जनाको मत प्राप्त भएको थियो ।[७]

बि.सं. २०४८ सालमा म्याग्दी बहुमुखि क्याम्पसको पहिलो स्ववियू निर्वाचनमा सदस्य पदमा निर्वाचित भएका थापाले त्यस यता पार्टीको सांगठनिक पदका लागि भएका कुनैपनि निर्वाचनमा पराजयको स्वाद चाख्नुपरेको छैन । [८] विद्यालयस्तरकै अध्ययन गर्ने क्रममा बि.सं. २०३८ सालमा अनेरास्ववियू (पाँचौं)को सदस्य भएर राजनीतिक यात्रा सुरु गरेका थापाले त्यहि बिन्दुबाट आफ्नो राजनैतिक यात्रा जारी राखे । उनी बि.सं. २०७१ साउन १ गते तत्कालिन नेकपा एमालेको बैकल्पिक केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । [९] [१०] बि. सं. २०४६ सालको जनआन्दोलनमा तत्कालिन रत्नेचौर गाउँको संयुक्त वाम मोर्चाको संयोजक भएर बहुदलको पक्षमा लडाईं लडेका उनले बि.सं. २०४७ सालमा नेकपा एमालेको सदस्यता ग्रहण गरे । लगत्तै रत्नेचौर गाउँ कमिटिको सचिवको भूमिका निर्वाह गरे। त्यसपछि बि.सं. २०४८ सालमा इलाका २ को सचिव, बि.सं. ०४९ मा क्षेत्रीय कमिटी १ को सदस्य निर्वाचित भए । त्यसको एक वर्षपछि उनी बि.सं. ०५० सालमा तत्कालिन नेकपा (एमाले) म्याग्दीको जिल्ला कमिटी सदस्य र इलाका नं. २ क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरे । [११][१२]

जिल्ला कमिटी सदस्यमा निर्वाचित भएको तीन बर्षपछि उनी २०५३ सालमा पार्टीको जिल्ला उपसचिवमा चयन भए । त्यसैगरी बि.सं. २०५५ सालमा तत्कालिन नेकपा (एमाले) को भातृसंगठन प्रजातान्त्रिक युवा संघ नेपालको केन्द्रीय सदस्य निर्वाचित भई, जिल्लाबाट मातृपार्टीको कुनैपनि भातृ संगठनको केन्द्रिय कमिटीमा पुग्ने पहिलो स्थानीय नेता हुन सफल भए । तत्कालिन बिद्रोही नेकपा (माओवादी)ले देशब्यापी रूपमा चर्काइरहेको जनयुद्वको समय विशेषतः बि.सं. २०६२ सालदेखि २०६६ सालसम्म तत्कालिन नेकपा एमालेको म्याग्दीको जिल्ला सचिवमा सर्वसहमतिले चयन भई अनवरत रूपमा पार्टीको सांगठनिक स्थितिलाई मजबुत गराउन लागि परे । जिल्ला कमिटी, म्याग्दीको प्रमुखका रूपमा उनले निभाएको भूमिका कै कारण अत्याधिक मत सहित बि.सं. २०६८ सालमा पार्टीको तत्कालिन धौलागिरि अञ्चल कमिटी सचिव पदमा निर्वाचित हुन सफल भए । बि.सं. २०७१ सालमा काठमाण्डौंमा आयोजित तत्कालिन नेकपा एमालेको नवौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्यमा भारी मतले निर्वाचित भएपछि उनी धौलागिरि सहसंयोजकमा चयन भए ।[१३][१४] [१५] देशका दुई ठूला कम्युनिष्ट पार्टी तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी) मिलेर बनेको हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केन्द्रिय सदस्यमा पर्न सफल भूपेन्द्रबहादुर थापाले खुलेर कुनै पनि गुटलाई समर्थन नगरे पनि उनी पार्टी उपाध्यक्ष बामदेव गौतम नजिक भएको विभिन्न समाचार टिप्पणीमा आउने गरेको छ । [१६]

प्रतिनिधि सभा निर्वाचन एवं उम्मेदवारीः

बि.सं. २०७२ सालको संविधान जारी भएपछि भएको संघिय संसदको पहिलो निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र तोकिएको म्याग्दी जिल्लाबाट बामगठबन्धनको साझा उम्मेदवार चयनमा भएको रस्साकस्सीमा भूपेन्द्रबहादुर थापाले बाजी मार्न सफल भए ।[१७][१८][१९] पार्टी एकिकरण पूर्व दुई कम्युनिष्ट दल नेकपा एमाले र माओवादीले संयुक्त गठबन्धन बनाएर देशभरबाट निश्चित भागबण्डाका आधारमा एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भिडेका कारण कुन जिल्लाबाट संघिय संसदमा को र कुन पार्टीको ? त्यस्तै पहिलोपटक हुन लागेको प्रदेश सभामा कुन पार्टी र कसले उम्मेदवारी पाउने भनेर देशैभर विभिन्न अडकलबाजी चलेका बखत म्याग्दीबाट पनि कुन पार्टीको कसले संघिय संसदको उम्मेदवार हुन पाउने हो, यसै भन्न सकिने अवस्था थिएन । तर यो पार्टीले यो नेताले उम्मेदवारी प्राप्त गर्न सक्छ भनेर चिया गफ देखि चौतारीको जमघटसम्ममा छलफल भएकै थिए । यसै क्रममा संघिय संसदको उम्मेदवारी तत्कालिन एमालेको भागमा पर्नु र उम्मेदवारी भूपेन्द्रबहादुर थापाले पाउनु खासै अनेपेक्षित चै थिएन । [२०][२१] संघिय संसदको प्रतिनिधिसभा सदस्यमा आफ्ना निकटम प्रतिद्वन्द्वीलाई २ हजार भन्दा बढीको मतान्तरसहित कुल २३ हजार ३ सय ८ मत प्राप्त गरी बामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले बिजय प्राप्त गरेका थिए ।[२२][२३]

Source: Wikipedia

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s