यी युवाहरू जसले सम्भब गराए ऐतिहासिक फुटबल प्रतियोगिता

“रत्नेचौरमा यस अगाडि यत्तिको भब्य फुटबल प्रतियोगिता यस अगाडि कहिल्यै भएको थिएन ।”  प्रथम जागरण कपको अन्तिम स्पर्धा हेर्न बुढोचौरमा ओर्लनु भएका जेष्ठ नागरिक एवं प्रथम पुरस्कार राशी ५१ हजार १ सय ५१ नेरू प्रायोजन गर्नुहुने क्षेत्रबहादुर कार्कीका पिता गणेशबहादुर कार्कीले बताउनुभयो । कार्कीलाई जस्तै समग्र गाउँलेहरूलाई जीवनमा पहिलो पटक यो भव्य प्रतियोगिता आफ्नै गाउँ ठाउँमा हेर्ने अवसर प्राप्त भयो । स्वदेश विदेशमा रहेका गाउँलेहरू एवं छिमेकका गाउँले साथीभाईहरूले समेत खुल्ला हृदयले आर्थिक, भौतिक एवं नैतिक सहयोग गरेका कारणले नै यस्तो प्रतियोगिता सम्भव भएको हो । तर प्रथम जागरण कपलाई सभ्य एवं भब्य रूपमा सफल पार्न खास मेहनत गर्ने नायकहरूका बारेमा थोरै चर्चा गरौ‌ं ।

१. सुजन थापा

खेल संयोजकको भूमिकाको साथसाथै प्रतियोगितामा आवश्यक आर्थिक सहयोगको जोहो गर्न थापाले हदैसम्मको प्रयास गरे । उनले विशेषतः विदेशमा रहेका गाउँले दाजुभाईहरूलाई मात्र नभै अन्य जिल्लाका आफ्ना सहपाठी एवं साथीहरूबाट समेत उल्लेख्य रूपमा सहयोग उठाउन सफल रहे । प्रतियोगितामा वितरण एवं प्रयोग भएका ट्रफि, मेडल, प्रमाणपत्र, मायाको चिनो तयार पार्ने काममा समेत उनको उल्लेख्य भूमिका रह्यो । साथै उनले खेल संचालनको लागि आवश्यक रेफ्रि (खेल संचालक) हरूको व्यवस्थापन गर्नमा विशेष भूमिका खेले ।

२. ध्रुब महत

मञ्च ब्यवस्थापनदेखि देशविदेशमा रहेका गाउँले दाजुभाईहरूबाट यथेष्ट आर्थिक सहयोग जुटाउने कार्यमा महतको विशेष सक्रियता रह्यो । समूहका स्वंयसेवकहरूलाई खेल अवधीभर परिचालन गर्नका लागि उनले खास योगदान दिए । ट्रफि, मेडल, प्रमाणपत्र, मायाको चिनो एवं आपतकालिन रूपमा आवश्यक पर्ने विभिन्न सामाग्रीहरूको व्यवस्थापन एवं ढुवानी गर्नमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । खेलको प्रचार प्रसारमा समूहका अन्य सदस्यहरू जस्तै यीनको पनि विशेष भूमिका रह्यो।

३. दानबहादुर महत (शंकर)

महा नायक राजेश हमाल अभिनित चलचित्र देउतामा उनले बोल्ने एउटा प्रचलित संवाद छ, “हे मान्छे हुँ, मान्छे । तर तँ जस्तो असुरको लागि शंकर, शंकर हुँ । नरपिचासको लागि नरसिंह …. शंकर हो मेरो नाम शंकर ।” ठ्याक्कै यहि संवादलाई सम्झाउने गरी विभिन्न कृयाकलापमा शंकर महतको सक्रियता रहने गर्दछ । रत्नेचौर जागरण समूहका सचिव समेत रहेका महतले कार्यक्रममा उदघोषण गर्ने देखि प्रथम पुरूस्कार लगायत केहि अन्य पुरस्कार प्रायोजनका लागि अहम् भूमिका निर्वाह गरे । कार्यक्रम अवधीभरको हिसाबकिताब दुरूस्त राख्नेदेखि समूहका सदस्यहरूमा वित्तिय अनुशासन कायम गर्न गराउन ठोस योगदान दिए ।

४. मन्नु रावल

बेलाबेलामा खेलको विचमा रमाइलो उद्घोषणमा मात्र नभै रावलले विशेषतः देशभित्रै रहेका शुभचिन्तक एवं गाउँलेहरूबाट महत्वपूर्ण आर्थिक सहयोग जुटाउन भूमिका निभाए । यसको अलावा मञ्चको सुरक्षा एवं व्यवस्थापन साथै स्वंयसेवकहरूको परिचालनमा रावलले अविष्मरणीय भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा सहभागी समूह र आयोजकबीच समन्वय एवं सहकार्यमा उनले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरे ।

५. समूहका अध्यक्ष गणेश बोगटी एवं सल्लाहकार अमर बोगटीले महत्वूर्ण अभिभावकीय एवं मार्ग निर्देशकको अहम् भूमिका निर्वाह गरे । हरि बोगटी एवं बिजु कार्कीले स्वंयसेवक व्यवस्थापन एवं परिचालनमा यथेष्ट भूमिका निर्वाह गरे । साथै अर्जुन महत, सागर रावल, मुकेश थापा, रमेश बोगटीले खेल अवधिभर प्राविधिक रेफ्रिको भूमिका निर्वाह गरे ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s