रहेनन लोकेश बोगटी

हङकङ/ १२ जनवरी,

स्वर्गीय लोकेश बोगटी तस्बीरः फेसबुक

स्वर्गीय लोकेश बोगटी तस्बीरः फेसबुक

बिगत लामोसमयदेखि हङकङमा रहँदै आउनुभएका लोकेश बोगटीको आज स्वर्गारोहण भएको छ । ३५ वर्षीय उहाँ हङकङमा आफ्नै पारिवारिक व्यवसायमा संलग्न हुनुहुन्थ्यो । गायन तथा अभियनयमा रूची राख्ने उहाँ सामाजिक कार्यक्रमहरूमा पनि उत्तिकै चाखपूर्वक लाग्नुहुन्थ्यो । उहाँले आफ्ना स्वर्गीय बाबा ओमबहादुर बोगटीले रचना गरेको टुहुरै पसलैमा नामक गीत समावेश गरी टुहुरे पसलैमा नामक एल्बम प्रकाशित पनि गर्नुभएको थियो । केहि सांगितिक भिडियोहरूमा अभिनय समेत गर्नुभएको छ ।

विभिन्न क्षेत्र,बर्ग र जातिय सहितको ३३ वटा संस्थाको प्रतिनिधि गर्ने हङ्कङ नेपाली महासंघको महासचिब तथा म्याग्दी प्रवासी संघ (मोना) हङकङका सचिव समेत रहनुभएका उहाँले जिल्लाको आर्थिक, समाजिक, सांस्कृतिक लगाएतका क्षेत्रमा संस्था मार्फत विभिन्न कार्यक्रमहरू गर्न सक्रिय हुनुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार कुनै पनि दिर्घजीवी रोग नभएको उहाँको देहावसान एकदमै असामयिक र अचानक भएको छ । राती सुत्नु भएको उहाँलार्इ विहान बेहोस भेटेपछि उपचारार्थ अस्पताल लाँदालाँदै बाटोमा नै देहावसान भएको हो । उहाँको देहावसानबाट दुःखी हुँदै थुप्रै मित्रवर एवं आफन्तजनहरूले उहाँको फेसबुकमा अनेकन खबरहरू प्रेशित गरेका छन् । दुवर्इमा कार्यरत उहाँका एक नातेदार रञ्जन बोगटी लेख्छन् – फेरि बोगटी परिवारले एक उदियमान तारा गुमाउन पुगेको छ
यस दुखद खबरले संपुर्ण लोक नै आज रोएको छ
शारीर निस्प्राण भय पनि, आत्मा अमर रहनछ
मेरो दाजुले स्वर्गमा सिर्शस्थान पाउनुका लागि
परम्पिता परमेश्वोर संग मेरो सदा कामना रहनेछ
साथै यस शोकाकुल घडीमा सम्हालिनु हुन भाउजु, आमा अनि सम्पूर्ण आफन्तजनहरु लाइ अनुरोध गर्दछु ।

मृतात्माको चीर शान्तिको कामना गर्दछौ‌‌‌‌‌ ।

उहाँले अभिनय गरेको म्युजिक भिडियो ।

1 thought on “रहेनन लोकेश बोगटी

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s