सुरज केसी, बेनी
फिनल्याण्डमा अध्ययनरत रत्नेचौरका युवा निराजन थापाले फेसबुक मार्फत आव्हान गरि एक च्यारिटी अनलार्इन वेभसाइटको माध्यमबाट बिपन्न तथा दलित बिद्यार्थिहरुका लागि संकलन गर्नुभएको सहयोग रकम शुक्रबार रत्नेचौर स्थित भानु उच्च माबिका बिधार्थीहरूलार्इ बितरण गरिएको छ ।
कार्यक्रममा थापा मार्फत संकलित आठ हजार एक सय बत्तिस रुपिया बराबरको जाडो छेक्ने स्वीटर बिस जना गरिब तथा बिपन्न बिधार्थीहरूलार्इ वितरण गरिएको थियो ।
बितरण कार्यक्रममा बिधालयका प्रअ टेक बहादुर थापा मगरको सभापतित्व समाजसेबि तथा विध्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष भुपेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यता उच्च माबि संयोजक भरत खत्रिको स्वागत मन्तव्य एवं पूर्व विधार्थी बिदुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।