एकिकृत नेकपा माओवादी रत्नेचौर म्याग्दीको शुक्रबार सम्पन्न प्रथम गाउँ सम्मेलनबाट रत्नेचौर १ का शेरबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् । पूर्व एमाले कार्यकर्ता थापा विभिन्न समयमा विभिन्न पार्टीका कार्यकर्ताका रूपमा राजनीतिमा सक्रिय हुँदै आएका छन् ।
समितिको सचिवमा सेते किसान र सदस्यहरुमा रेशम बोगटी, बुद्धबिर किसान, बाबुराम बोगटी, टेकबहादुर खत्री, जंगबहादुर थापा, तुलसीराम थापा, नरदेवी केसी, गणेश थापा, उत्तम श्रेष्ठ, ओमबहादुर रोका, तेजबहादुर किसान, जुना किसान, नरसिंह गिरी, छवीलाल श्रेष्ठ, भिमबहादुर खड्का, खमबहादुर पुन र चित्रबहादुर थापा निर्वाचित भएका छन् । समितिमा निर्वाचित केहि सदस्यहरू पूर्व पञ्च र नेपाली काङ्ग्रेसका पूर्व कार्यकर्ताहरू रहेका छन् । त्यसैगरी भेलाको सञ्चालन गर्ने बोगटी चाँहि गाउँकै भानु उच्च मा.वि. का प्रा.वि. शिक्षक हुन् ।
एकिकृत नेकपा माओवादी दोस्रो जिल्ला सम्मेलन आयोजक समिति म्याग्दीका सदस्य कर्ण प्रधानको अध्यक्षता र चिरञ्जीवी बोगटीको सञ्चालनमा सम्पन्न सम्मेलनमा जिल्ला संयोजक गोविन्द पौडेल र २ नम्बर एरीया संयोजक चन्द्रबहादुर घिमीरेको पनि उपस्थिती रहेको थियो ।