अर्जममा बृहत साँस्कृतीक कार्यक्रम तथा बिबिध कार्यक्रम सम्पन्न


एकता अर्जम साँस्कृतिक समूह, रत्नेचौर म्याग्दीले आफ्नो पाँचौ बार्षिर्कोत्सव तथा बिजयादशमीको पावन अबसरमा आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रम बिबिध कार्यक्रम सफलतापूर्बक सम्पन्न  भएको छ। ”लोपोन्मुख संस्कृतिको संरक्षण गरौं, आन्तरिक पर्यटनको प्रवर्दन गरौ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको प्रमुख अतिथि ईन्द्र थापा मगर ज्यू तथा संस्थाका अध्यक्ष खकेन्द्र थापा मगरले सभापतित्व ग्रहण गरेका थिए । कार्तिक ६ गतेदेखि सुरु भएको कार्यक्रम कार्तिक १० गते समापन भएको थियो। विविध साँस्कृतिक कार्यक्रम, साङ्गितीक कार्यक्रम, एकल नृत्य प्रतियोगिता, एस एल सी उत्तीर्ण बिधार्थीहरुलाई सम्मान, हाजिरीजवाफ प्रतियोगिता, पोखरेली कलाकारहरुको प्रस्तुती, म्याग्दी जिल्लाबाट विशेष पहिचान बनाउन सफल राष्ट्रिय स्रस्टा सम्मान, जेष्ठ नागरिक सम्मान तथा अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता रहेको थियो। खुला एकल नृत्य प्रतियोगिता अन्तर्गत रत्नेचौर ७ की कबिता आलेमगर प्रथम भएर ५,००० आफ्नो पोल्टामा पार्न सफल भर्इन । त्यसैगरि द्दितीय र तृतिय क्रमशः बाग्लुङबजार निबासी सोनम थापा मगर र रत्नेचौर १ की म्याग्दीका प्रमिला पुनमगर भई रु ३,००० र १,००० रुपैया प्राप्त गरिन्। यसैगरि अन्तर वार्डस्तरिय भलिबल प्रतियोगितामा वार्ड नं ९ र वार्ड नं ७ क्रमश प्रथम र द्दितीय भएका छन्। कार्यक्रमा म्याग्दी जिल्लाबाट विशेष पहिचान बनाउन सफल राष्ट्रिय स्रष्टा गायिका धन कुमारी थापा, गायक बिरबहादुर कार्की र साहित्यकार ध्रुबलाल शर्मालाई दोसल्ला तथा सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । अर्जम गाउँबाट २०६९ सालको प्रबेशिका परिक्षा उत्तीर्ण गर्ने बिधार्थीहरुलाई मायाँको चिनो तथा ११ जना ८० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै फलफुल बितरण कार्यक्रम पनि गरिएको थियो। कार्यक्रमको अन्तिम दिन पोखरेली कलाकारहरुको बिशेष प्रस्तुति जसमध्ये चेन आलेमगरले कमेडी नृत्य प्रस्तुत र अन्य कलाकारहरुबाट बि-बोईङ, ट्युबलाईट डान्स जस्ता बिबिध प्रस्तुति रहेको थियो । कार्यक्रम आयोजनाका लागि वैदेशिक रोजगार तथा स्वदेशी व्यापार/ब्यवसायमा संलग्न रत्नेचौरवासी तथा अन्य सहयोग दाताहरुले उल्लेख्य मात्रामा आर्थिक सहयोग प्राप्त भएको थियो। सरकारी निकाय बाट कुनैपनि सहयोग नपाएको गुनासो गर्दै, कार्यक्रम अवधिभर २,१२,९२५/- रुपैया सहयोग संङ्कलन भएको संस्थाका अध्यक्ष खकेन्द्र थापा मगरले बताए । स्मरण रहोस्, एकता अर्जम साँस्कृतीक समुहले बिगत ५ सालदेखी निरन्तररुपमा बिजयादशमीको अवसरमा बिबिध कार्यक्रम आयोजना गर्दै आईरहेको छ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s