यस बर्ष भानु उ.मा.वि. बाट प्रवेशिका परीक्षामा संलग्न ३३ जना बिधार्थी मध्ये ३ जना प्रथम श्रेणीमा १७ जना द्धितीय श्रेणीमा र १ जना तृतीय श्रेणीमा गरी कुल २१ जनाले मात्र प्रवेशिका परीक्षा उत्तिर्ण गरेका छन् । जिल्लाका अरू केहि सामुदायिक बिधालयहरूले प्रवेशिकाको नतिजामा शतप्रतिशत सफलता हासिल गरेकोमा भानु उ.मा.वि. बाट भने ६३.६३ प्रतिशत विधार्थीहरू मात्र उत्तीर्ण भएका छन ।
विधालयले आशातित नतिजा हासिल गर्न नसकेको सन्दर्भमा ब्लगका सम्पादक नीराजन शिरीषले बिधालयका बिज्ञान शिक्षक दिनेश बोगटीलार्इ सम्पर्क गर्दा ब्यावस्थापकिय कमजोरी एवं शैक्षिक गुणस्तर कायम गर्न नसकिएकाले यस्तो भएको बताउनुभयो । उहाँले अगाडि थप्नुभयो, नियमित कोचिङ् तथा होस्टेल सुविधाका विषयमा विधालय एवं अभिभावकबीच विशेष सहमती हुन नसक्दा प्रवेशिकामा बिधार्थीले राम्रो गर्न सक्ने अवस्था रहँदा रहँदै पनि त्यस्तो हुन नसकेको हो ।