![]() |
इनारबाट पानी तान्दै विधार्थीहरू |
केही हप्ता पहिले म गाईघाटबाट २४ कि.मी पूर्वको गा.वि.स. बसाहामा पुगेको थिएँ । यो भव्य सुन्दर गाउँमा रहेको कलेजसहितको माध्यमिक विद्यालयमा पुग्दा मैले बडो आनन्दको सास लिएको थिएँ । किनकी, मलाई विद्यालय वा कलेज भएका गाउँहरुमा पुग्दा पृथक खालको सुखानुभूति हुने गर्दछ । यस्ता ठाउँहरुमा पुग्दा म सोच्छु – कि यी ठाउँका मानिसहरु कति भाग्यमानि छन्, जोसँग नेपालका कतिपय विकट गाउँका स–साना नानीबाबुहरुले प्राथमिक शिक्षा आर्जनका लागि घण्टौंको यात्रा गर्नु पर्ने जस्तो विवशता छैन । तर केही आधारभूत पूर्वाधार अभावका कारण त्यहाँका स–साना नानीबाबुहरुले अनावश्यक दुःख झेल्नु परेको देख्दा सारै दुःख लाग्यो ।
जाडो मौसमका दिनहरुमा त पानी उति पिउनु नपर्ला वा घरैबाट ल्याएको एक बोतल पानीले बिधालय अवधीभर थेग्ला तर गर्मी मौसममा ? मलाई सोच्दै गर्दा रिगंटा चल्ला जस्तो भो ! म इनार छेउको आँपको गाँछीमा शितल तापेर बसिरहेको थिएँ, गर्मी थेग्नै नसकिने उखुमको थियो । मेरो ठिक पारीपट्टि सिमेन्टेड एउटा घैटो थियो । र, एउटा धारा पनि । र, म बसेको ठाउँबाट दाहिनेपट्टि २०–२५ मिटरको दुरीमा दुई–तीन कक्षामा पढ्ने बच्चाहरुको झुण्ड इनारको छेउमा पानी तान्दै थिए । पैतिस चालीस मिटर गहिरो ईनारबाट बच्चाहरु पानी निकाल्न निकै नै सकस मान्दै थिए । नमानुन पनि किन ? बिचराहरू ! मैले उनीहरुलाई पानी निकाल्न सघाएँ । उनीलहरुले एक गाग्री पानी रित्याएर गए । मैले चुपचाप उनीहरु कुदेको हेरिरहे । उनीहरु कुद्दै कुद्दै कक्षाकोठामा पुगे र एउटै झुण्ड भएर झ्यालबाट मलाई चियाइरहे ।
यत्रो कलेज समेत भएको ४ देखि २५÷३० वर्ष सम्मका बिधार्थीहरुले अध्ययन गर्ने ठाउँमा पिउने पानीको उचीत प्रबन्ध नभएको बारे जिज्ञासा राख्दा एक शिक्षकले गुनासो गरे – “पिउने पानीको अत्यन्तै अभाव छ यहाँ ! तैपनि एउटा एन.जि.ओ. ले बिधलयका लागि भनेर पानीको ब्यवस्था गर्दैछ । हेर्नुन (त्यही सिमेन्टेड ट्याङ्की र त्यससँग जोडिएको धारातिर देखाउदै उनले भने) ती ट्याङकी र धारा त बनिसकेको छ नी ! अब यो वर्ष पानी पनि आउनेछ ! पक्कै आउनेछ !” उनले अगाडि थप्दै गए – “तीन वर्षे कार्यक्रम अन्तरगत यहाँ पानीको ब्यवस्था गर्दैछ सर त्यो एनजिओले ! ०६७ मा पानी ट्याङ्की बन्यो, ०६८ मा धारा अब ०६९ मा पानी आउँछ !” मैले ब्यङ्ग्यात्मक शैलीमा प्रतिवाद गरे – “हैन सर, हजुरहरुले यो धाराको पानी त ०७० सालमा मात्रै पिउन पाउनुहोला ! के थाहा त्यो एनजिओले यो बर्ष पाइपमात्र गाड्ने पो हो कि ?” उनी सहमत भए – “हो त हैं सर मैले त कस्तो भुसुक्कै बिर्सेको ?!” हाम्रो पानी गफ निकै नै लम्बिदै गयो । अन्ततः उनले नै हाम्रो पानी संवादलाई बिट मार्दै भने – “यस्तै हो सर, हिजो यहाँ ईनार नहुँदा बिधार्थीहरु त्यता पर पर सम्म पुगेर पानी पिेउने गर्दथे । कम्तिमा पनि अहिले इनारमैं सही पिउने पानी त छ नी !” मैले केही पनि बोल्न आवश्यक ठानिनँ । चुपचाप नै रहे !
उनी मसँग विदा भएर गएपछि पनि निकैबेरसम्म म त्यही आँपको गाछीमा बसिरहेँ । अनुहारभरी पसिनैपसिना बोकेका नानीबाबुहरु कुद्दै कुद्दै ईनारमा आउने, न्वारनदेखिको बल लगाएर पानी तान्ने र एउटा मैलो जालीले पानी छानेर पिउने काम जारी नै राखे । बिद्यालयमा छुट्टीको अन्तिम घण्टी नबजुन्जेल उनीहरुको यो उपक्रम चलिरह्यो । मैले चुपचाप हेर्नु बाहेक अर्को विकल्प थिएन ।
हुन त यो मेरो अनुभव पढ्नु भएका कतिपयलाई विश्वास नलाग्नु स्वभाविकै हो कि स्नातक तहसम्म अध्ययन अध्यापन हुने ठाउँमा एक कक्षामा पढ्ने बच्चाले इनारबाट पानी झिकेर पिउनु पर्छ ! तर यो कोरा काल्पनिक कुरो हैन । यो फगत साहित्य लेखेको हैन मैले । तर यो वास्तविकता हो – उदयपुर जिल्लाको बसाहा गा.वि.स. मा रहेको नारद आदर्श उ.मा.वि. को । स्नातक तह पनि पढाई हुने एउटा कलेजको ! यो दुर्दशाको एउटा चित्र हो – हाम्रो देशको !