यज्ञको पहिलो दिन ७ लाख संकलन

  • स्थानीयको सहयोगमा तयार पारिएको रिपोर्ट

राजनैतिक विवादमा तानिएका एवं पूर्व प्रधानसेनापति रूक्मांगत कटुवालले एक कार्यक्रमका बिच रत्नेचौर १, स्थित  ‘श्रीपरम वैदिक धार्मिक आश्रम’  मा  आयोजित पञ्चदिवसिय प्राणप्रतिष्ठाको उदघाटन गरेका छन् । सयौंको संख्यामा उपस्थित स्थानीयवासी एवं श्रद्दालुहरूको उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य दिदैं, देशमा शान्ति, स्थीरता र विकासका लागि धार्मिक कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने कुरा उनले बताए । कार्यक्रममा स्थानीवासी एवं जिल्ला प्राविधिकका वरिष्ठ इन्जिनियर कृष्णबहादुर बोगटी, ब्यवसायी दिपक बोगटी, कार्यक्रम संयोजक नेत्रबहादुर महतले मन्तब्य ब्यक्त गरेका थिए ।

ब्यवसायी दिपक बोगटीले यज्ञमा अहिलेसम्मकै सर्वाधिक राशी रू. ५ लाख ५ हजार ५ सय ५५ रूपैयाँ प्रदान गरेका छन । यज्ञ यहि फाल्गुण २२ गतेसम्म सञ्चालन हुनेछ ।

बाजागाजासहित जलले भरिएको घडा लिएका श्रद्दालुहरू तस्बीर सौजन्यः तुल रावल

यज्ञ उदघाटन पूर्व गाउँ परिक्रमामा सहभागी बाल ब्राम्हण एवं कन्याहरू तस्बीरः तुल रावल

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s