अहिले हजार पर्ने पाडापाडी त्यतिखेर ३ मोहरमा काट्थ्यौ‌ : हरिलाल (जिउरे) नेपाली

४ दशकमा घोक हाल्नमै बिताएका हरिलाल नेपाली तस्बीरः नीराजन शिरीष

७८ बर्षीय हरिलाल नेपाली रत्नेचौर गाउँका कटुवाले हुन । उनलार्इ गाउँलेहरूले हरिलालभन्दा पनि जिउरे दार्इ भनेर चिन्छन् । लामो समयदेखि गाउँमा हुने विभिन्न भेला तथा तिनका निर्णयहरू र झारा सम्बन्धी सुचनाहरू घोक हालेर गाउँबासीलार्इ जानकारी गराउने उनी अहिले बृद्द भैसकेका छन् । छोराछोरीका तर्फबाट गरी दुर्इ दर्जन नातीनातीनाका धनी उनी आफ्नो शेषपछि कटुवाले कामलार्इ निरन्तरता दिने ब्यक्तिको अभाव देख्छन । साथै आफ्ना कुनै पनि सन्तानले आफ्नो बिँडो थाम्ने छाँट नदेखाएकोमा चिन्ता ब्यक्त गर्दछन् । उनका जेठा छोरा गाउँमै ज्यालामजदुरी गर्छन् भने कान्छा छोरा बैदेशिक रोजगारका लागि साउदी अरब छन् । उनै हरिलाल नेपालीसँग गरिएको छोटो भलाकुशारीः
१) ब्लगः कति बर्ष पुग्नुभयो त नी ?
हरिलालः जन्म १९९० साल मंशिरमा जन्मेको भन्छन्, मलार्इ थाहा छैन । नागरिकताको प्रमाणपत्र त छ, हेर्न पर्छ ।
२) ब्लगः कटुवाले काम गर्न शुरू गरेको कति भयो ?
हरिलालः बाबा, मैते नेपाली (फोउसे दमै) मरेपछि ३० वर्षको उमेरबाट कटुवालेको काम गरेको ।
२) ब्लगः हजुरका त दुर्इ नाल हुन रे नी ?
हरिलालः (हाँस्दै) हाहा बाबु पनि । कहाँ दुर्इ नाल हुनु ? मेरो त पहिलो बिहे ज्याम्रुककोटबाट भएको १५/१६ वर्षको हुँदा । बिहे गरेको ४/५ महिनापछि जेठी बुढी पोइल गएपछि त्यसको लगत्तै खुर्कोटबाट दोश्री बिहे गरेको हुँ । दोश्री पनि त्यस्तै भयो ।
३) ब्लगः ए हो र ? अनि नी ?
हरिलालः त्यसपछि तेस्री श्रीमती मशुरीलार्इ भित्र्याएँ । खासमा मेरी कान्छीले छामाको छोरासँग बिहे गरेकी रहिछे तर संजोग कस्तो भने यता मलार्इ दोश्रीले पनि छाडेकी उता उसको बुढो मेरो दाजु (छामाको छोरा) पनि बितेको । त्यही मौकामा  म चाँहि नाङ्गलिङ गएको संयोग र कान्छी फुपुको बलमा उल्लार्इ बिहे गरेको हुँ ।

४) ब्लगः उसबेलाको कुनै घतलाग्दो घटना याद छ ?
हरिलालः १५ वर्षको हुँदा तराइबाट वादी महिला र पुरूषहरू मागिखान आएका र आँप टिप्न तोराखेत (लामगरा) आँपको रूखमा चढ्दा, हाँगासित खसेर दुर्इ वटा ढुंगाको बिचमा माटोको भागमा बज्रेको ।
५) ब्लगः उहिले र अहिलेको जमाना त निकै नै फरक लाग्छ होला नी, हैन ?
हरिलालः के कुरा गर्नु बाबु ? सम्झदा त जुगै फेरिए जस्तो लाग्छ नी ! अहिले १ हजार पर्ने पाडापाडी त्यतिखेर आफूले ३ मोहर, ५ मोहरमा काटेको याद छ मलार्इ । १ सुकाको मासु टन्न हुन्थ्यो । हप्ताभरी खार्इन्थ्यो । अहिले १ हजारको मासुले २ दिन पुग्दैन । क्यार्नु बाबु ?
६) ब्लगः पुराना मान्छेमा कसलार्इ सम्झनुहुन्छ ?
हरिलालः (एकछिन गम खाँदै) पुराना मान्छेहरूमा बोगटीथर स्व. जमदार मानबहादुर बोगटी र स्व. धान्यबहादुर बोगटीको सम्झना आउँछ । सबै काम मलार्इ मात्र दिने गरेको र उनीहरूकै हलि काम गर्ने र उनीहरूसँगै बढी हिमचिम भएकाले सधैं याद आइराख्ने गरेको हो ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s