सम्भवतः रत्नेचौर गा. वि. स. बाट जंगि सेवामा पहिलोपटक अधिकृत तहको परीक्षा उत्तिर्ण गर्न सफल भएका छन् रत्नेचौर गा.वि.स. वार्ड नं २ निवासी मोहनबहादुर महतका छोरा, २१ वर्षिय अर्जुन महत । बि.सं. २०४७ मा जन्मिका अर्जुनले हालै नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट पदको सम्पूर्ण तहका परीक्षाहरू उत्तिर्ण गरी सेकेण्ड लेफ्टिनेन्ट भएका हुन । मंसिर २९ मा नतिजा प्रकाशन भएको उक्त परिक्षामा उत्तिर्ण अर्जुनले ६ माघमा नियुक्ति लिर्इ सकेका छन् । तालिममा जानुपूर्व घरमा आराम गरिरहेका अर्जुन १० चैत्र पछि तालिममा सहभागि हुनेछन् । २ वर्षे तालिम पछि उनले सेकेण्ड लेफ्टिनेन्टका रूपमा आफ्नो सैनिक जीवन शुरू गर्नेछन ।
लजालु स्वभावका अर्जुन अटुट मेहनत तथा देश र जनताको सेवा गर्ने तिब्र र्इच्छाका कारण आफू यो सेवामा प्रवेश गर्न सफल भएको बताउँछन । आफ्नो दोश्रो प्रयासमा सफलता हासिल गरेका उनी आफ्ना समवयी युवाहरूलार्इ कुनैपनि प्रकारको सफलता हासिल गर्नका लागि निरन्तर मेहनत गर्न सुझाउँछन् । उनी अगाडि थप्छन् – सफलता हात पार्नका लागि सबभन्दा पहिले त लक्ष्य निर्धारण गर्नुपर्दछ । र, लक्ष्य प्राप्तिका लागि आवश्यक स्रोत साधन जुटाउने, मापदण्ड पूरा गर्ने, तिब्र र्इच्छाशक्ति लिएर अगाडि बढ्ने हो भने कुनै पनि खालको सफलता भेट्टाउन असम्भव छैन ।
आफ्नो सफलताबाट घरपरिवार, र्इष्टमित्र र छरछिमेकीहरू अत्यन्तै खुशि भएको जनाउँदै युवाहरूलार्इ आब्हान गर्छन् – राम्रो काम गरेपछि सबैजनालार्इ खुशी पार्न सकिन्छ ।
रत्नपुत्र अर्जुनलार्इ हाम्रो पनि लाखलाख बधार्इ तथा शुभकामना !
congretulaton Badhai Mr.Arjun Mahat