रत्नेचौर १ स्थित ठाडोचौरमा स्थापना गरिएको श्रीपरम वैदिक धार्मिक आश्रमले फाल्गुण तेस्रो सातामा पाँच दिने यज्ञादि आयोजना गर्ने भएको छ । आश्रमले नेत्रबहादुर महतको संयोजकत्वमा यज्ञ सञ्चालक समिति गठन गरेको छ । विभिन्न सामाजिक सञ्जाल एवं इन्टरनेटमा प्रचारप्रसारको जिम्मा यसै ब्लगका संस्थापक सम्पादक एवं सञ्चालक नीराजन शिरीषलार्इ सुम्पिइएको छ भने स्थानीय स्तरमा प्रचार प्रसारको जिम्मा म्याग्दीकाली एफ एम ८८.२ मेघाहर्जका स्टेशन म्यानेजर बिक्रम बोगटीलार्इ दिइएको छ ।
आश्रामले हालै प्रकाशित गरेको बिज्ञप्तीमा उल्लेख छ – स्थानीय महानुभावले उल्लेखनीय पवित्रतम सहयोग र सहभागितामा धार्मिक दृष्टिकोणले नेपालकै मुटु हृदयस्थल भएको गण्डकी परिसर ‘श्रीपरम वैदिक धार्मिक आश्रम’ रत्नेचौर म्याग्दीको पवित्र प्राङ्गणमा पञ्चदिवसीय प्राणप्रतिष्ठाको पुण्यकार्य नेपाल भारतकै अग्रपंक्तिका विशिष्टतम विद्धान् वीतराग तपोमूर्ति अनन्त श्रीविभूषित परमपुज्य त्रिडण्डी पराङ्कुशाचार्य स्वामीजीको तत्वधानमा वैदिक विधीले सम्पन्न हुन गर्इरहेको पवित्र कार्यक्रममा सबैको समूचित सहयोगको अपेक्षा गर्दछौं ।
विज्ञप्तीमा भनिएको छ, ‘आदि प्रमाणानुसार श्रीभगवानको मन्दिर बनाउने, चलाउने, पूजाआजा चलाउने, भूमिदान, अन्नदान, अक्षयकोष ब्यवस्था गर्ने ब्यक्तिका समस्त पितृहरू श्री वैकुण्ठ प्राप्त गर्दछन् ।’ साथै रू. १ देखि लाखौंसम्मको दान सम्मान स्वीकार गरी दाताहरूको मर्यादाअनुसार श्रेणी विभाजन गरी सम्मान, अभिलेख र शिलालेखमा उल्लेख गर्ने ब्यवस्था गरिनेछ ।
कार्यक्रम तल उल्लेख गरे बमोजिम रहनेछ ।
२०६८ फाल्गुण १८ – मृदाहरण, यज्ञमण्डप पूजा, जलाधिवास
१९- यज्ञपूजन, धान्याधिवास
२०- शय्याधिवास
२१- यज्ञपूजन, नेत्रोन्मीलन
२२- श्री प्राणप्रतिष्ठा, कुम्भआरती, आचार्यादि सम्मान, महायज्ञ समापन
यदि यहाँहरू पनि यज्ञमा गच्छेअनुसार सहयोग गरी धार्मिक लाभ लिन चाहनु हुन्छ भने सम्पर्क गर्नुस तलका नम्बरहरूमा – ०६९-६८०१५१, ९८५७६४०२६२, ९८५७७०५६७२, ९८४७६७२०१८
You must be logged in to post a comment.