शिबालयमा शिबरात्री मनाउदै युवाहरू …

शिबरात्री भब्य रूपमा मनाउने कार्यक्रम भैरहेको छ । रत्नेचौर -१, स्थित शिबालय मन्दिरमा आयोजना गरिदैँ आएको महाशिवरात्री उत्सब अन्यवर्षहरूमा भन्दा भब्य भैरहेको युवा ब्यवसायी शंकर महतले फोनबाट जानकारी गराए । करिब २ सय जनाको हाराहारीमा उपस्थित भक्तजनहरूले भजन गाउने, पूजा गर्ने, बत्ती बाल्ने र ठूल्ठुला मुढाको वरिपरी बसी विभिन्न प्रसाद बनाउने काम गरिरहेको उनले कार्यक्रम स्थलबाट प्रत्यक्ष जानकारी गराए ।

शिबरात्रीका दिन घरबाट समेत युवाहरूलार्इ शिवजीको प्रसाद स्वरूप गाँजा वा घोटुवा थोरै मात्रामा सेवन गर्न अघोषित रूपले अनुमति दिइने हुनाले युवाहरू गाँजा सेवनमा उद्दत भएको देखिन्छ । महतका अनुसार, उत्सवमा उपस्थित प्रायः युवाहरू शिवजीको प्रसाद स्वरूप घोटुवा ग्रहणका लागि तम्तयार भएका छन । उनले भने – यस्ता पर्व मनाउने क्रममा केही बिकृतीहरू भएको जस्तो देखिएपनि परम्पराको निरन्तरताका लागि भने यस्ता पर्वले महत्वपूर्ण फाइदा पुर्याउँछन । अर्का युवा अञ्चल महत थप्छन् – महाशिवरात्री जस्ता पर्वले नयाँ पुस्ताका युवाहरूलार्इ आफ्ना धर्म र संस्कृतिका बारेमा बुझ्न प्रशस्त मद्दत गर्दछन् । बितेका बर्षजस्तै यो आजको उत्सब पनि भोली बिहानसम्म चल्ने उत्सव ब्यवस्थापनमा सहयोग पुर्याइरहेका युवा कृष्ण बोगटीले जानकारी गराए ।

 

Leave a comment