साहित्य समाजलार्इ रू. ५५ हजार रकम हस्तान्तरण

रत्नेचौर २, (हालः बेनी नगरपालिका १) निवासी युवा तथा पौलस्त्य साहित्य समाज म्याग्दीका उपाध्यक्ष युवा लेखक नीराजन शिरीषले आफ्नो युरोप यात्राको क्रममा संचालित कार्यक्रम साहित्यका लागि शिरीष यात्रा का क्रममा बेल्जियमको आन्टरपेनमा संकलित सहयोग रकम रू. ५५ हजार म्याग्दी पुस्तकालय बेनीमा आज आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरेका छन ।

मोना बेल्जियमले आयोजना गरेको कार्यक्रममा मञ्च उपलब्ध गरार्इ उनलार्इ उक्त रकम संकलन गर्न सहयोग पुर्याउने रत्नेचौरका (हालः बेल्जियम) निवासी युवाद्भय प्रदिप थापा सुमन र चन्द्रप्रकाश शर्माको सहयोग तथा सौहार्दताका लागि आफू अत्यन्तै कृतज्ञ रहेको बताउँदै शिरीषले आफ्नो यात्राका बारेमा बर्णन गरेका थिए । साथै पौलस्त्य साहित्य समाजको अक्षय कोषलार्इ कम्तिमा एक लाख सम्म पुर्याउनका लागि आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए । प्रमुख अतिथिका आसन बाट मन्तब्य ब्यक्त गर्दै कार्यक्रममा सहयोगी तथा मोना बेल्जियमका सल्लाहकार चन्द्रप्रकाश शर्माले म्याग्देली विकासका लागि मोना बेल्जियम सधैं तत्पर र प्रतिबद्भ रहेको बताएका थिए ।

कार्यक्रममा म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुबलाल शर्मा, मधुसुदन स्मृती साहित्य प्रतिष्ठानका अध्यक्ष दामोदर घताने, पौलस्त्य साहित्य समाजका संस्थापक अध्यक्ष तथा संरक्षक भक्त कार्की र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सभापति सुरज के.सी. ले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष दिपक बिर्खचीले गरेका थिए । २ दर्जन साहित्यिक ब्यक्तित्वहरूको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन समाजका सचिव कमल बानियाँले गरेका थिए । कार्यक्रमका केही झलकहरू तल तस्बीरमा हेर्नुस । तस्बीर ठूलो साइजमा हेर्नका लागि सम्बन्धित तस्बीरमा क्लिक गर्नुहोला ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s