आफ्ना दिवंगत पिता पदमबहादुर थापा तथा अन्य समस्त पितृहरूको उद्दारका हेतूले रत्नेचौर १ र २ निवासी मेघराज थापा, टिकाबहादुर थापा, भूमीराज थापा, सोमबहादुर थापा, रामबहादुर थापा र रूद्रबहादुर थापाले संयुक्त रूपमा एक साताब्यापी सप्ताह पुराण सफलतापूर्वक सम्पन्न गरेका छन । गाउँकै विद्भत पण्डित तथा बनारस भारतबाट संस्कृत दर्शनमा स्नातकोत्तर गरेका सुरेश शर्मा मुख्य वाचक रहेको सप्ताह पुराणमा सयौ श्रद्दालु निम्तालुहरूले भाग लिएका थिए । पितृ उद्दारका लागि सप्ताहब्यापी पुराण लगाउने चलन पछिल्लो केहि बर्षपछि निकै प्रचलित छ । आफ्ना सम्पूर्ण कामकाजहरू छाडेर, एकाग्र भै एक साता भरी कर्ताका रूपमा श्रीमद भागवत गीता पुराणको परायण गर्दा आफ्ना दिवंगत पितृहरूको उद्दार हुने जनविश्वास रहेको पाइन्छ ।
थापाबन्धूहरूले आयोजना गरेको सप्ताह पुराण भाद्र २९ गते प्रारम्भ भर्इ आश्विन ४ गते सफलतापूर्वक सुसम्पन्न भएको थियो ।
(रत्नेचौरबाट फर्केर श्याम खत्री)
You must be logged in to post a comment.