नीराजन शिरीष
देशमै पहिलो पटक महिलाहरुको एकल ब्यवस्थापनमा सञ्चालित पर्वत कुश्मा स्थित एफ.एम रेडियो दिदीबहिनीले हरितालिका तिजका अवसरमा आयोजना गर्ने महिला महोत्सवमा तीज गीत प्रतियोगिताको प्रथम पुरस्कारको राशी रु. २० हजार बिगत केहि वर्षदेखि मलेशियामा ब्यवसाय गर्दै आएका रत्नेचौर, म्याग्दीका दिपक बोगटीले प्रायोजन गरेका छन ।
म्याग्दी जिल्लाका चर्चीत राजनीतिज्ञ तथा समाजसेवी स्व. ओमबहादुर बोगटीका जेष्ठ सुपुत्र दिपक बोगटी सामाजिक सेवामा निकै नै सक्रिय छन । विभिन्न चाड पर्वका अवसरमा मलेशियामा आयोजना गरिने कार्यक्रममा समेत उनको सक्रिय सहभागिता र सहयोग रहँदै आएको छ । गत वर्ष मलेशिया भ्रमणका बखत ए.ने.क.पा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई समृद्द मलेशिया निर्माणका अगुवा तत्कालिन राष्ट्रपति महावीर महाथीरको रुदैँ गरेको तस्विर, समृद्ध मलेशिया निर्माणमा उनको अनुभव समेटिएको पुस्तक, एउटा कलम र डायरी उपहार प्रदान गर्दै बोगटीले महाथीरको जीवनकथामा समेटिएका राम्रा पक्षहरुलाई आफुले दिएको खाली डायरीमा टिपोट गर्न प्रचण्डलाई सुझाव दिदाँ प्रचण्ड लगायत कार्यक्रममा उपस्थित ब्यक्तिहरु भावुक रहेको क्षण अविस्मरणीय रहेको बताउँछन । साथै उक्त क्षणले सधैं आफुलाई सामाजिक सेवाका लागि प्रेरित गरेको जानकारी गराउँदै समाजमा तत्काल परिवर्तनको आभाष मिल्ने खालका गतिविधि सञ्चालनका लागि जस्तोसुकै किसिमको सहयोग गर्न आफु तयार रहेको बताउँछन ।
You must be logged in to post a comment.