रेडक्रस भवनका लागि १ लाख २६ हजार सहयोग

रत्नेचौर गा.वि.स-२, का नीराजन थापाले ट्रोम्स रेडक्रसमा कार्यरत रहँदा त्यहाँको जिल्ला रेडक्रस शाखालार्इ रत्नेचौर रेडक्रसको उपशाखा भवन बनाउनका लागि पेश गरेको प्रस्तावना स्वीकृत गरी १० हजार नर्वेजियन क्रोनर सहयोग गर्ने निर्णय गरेको छ ।
कुल २५ लाखको लागत लाग्ने अनुमानित खर्चसहितको प्रस्तावना पेश गरेकोमा जिल्ला शाखाले मात्रै करिब १ लाख २६ हजार रकम सहयोग गर्ने निर्णय गरेकाले आफू निकै उत्साहित भएको थापाले जानकारी गराए । बि.सं. २०६८ को दशै अगावै कार्य सम्पन्न गर्ने लक्ष्य राखी निमार्ण कार्य छिट्टै शुरू गर्ने थापाले बताए । ट्रोम्स रेडक्रसको निर्णयबाट निकै उत्साहित बनेका थापाले यो योजनालार्इ सफल पार्नका लागि आवश्यक आर्थिक सहयोग जुटाउनका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने समेत बताएका छन् ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s