हामीलार्इ ढिलो गरि प्राप्त समाचार अनुसार, श्री भानु माध्यमिक बिध्यालय, रत्नेचैारबाट यस वर्ष प्रवेशिका परिक्षा (एसएलसी) मा सम्मिलित ४५ जना परिक्षार्थीहरू मध्य ३५ जना परिक्षार्थीहरू उत्तीर्ण हुन सफल भएका छन् । उत्तीर्ण हुन सफल मध्य सबैभन्दा बढी ७३ प्रतिशत अंक हासील गरि असिम पुन विध्यालयकै सर्वोत्कृष्ट छात्र हुन सफल भएका छन् । असिम सहित ८ जना प्रथम श्रेणीमा, २२ जना द्भितीय श्रेणीमा तथा ५ जना तृतीय श्रेणीमा उत्तीर्ण भएको विध्यालयकी शिक्षिका पार्वती थापाले बताउनुभयो ।
७३ प्रतिशत अंक हासिल गर्न सफल असिम पुनले तल उल्लेख गरेबमोजिम अंक हासिल गरेका छन् ।
अनिवार्य बिज्ञान ८८, अ.गणित ७७, अ.नेपाली ६१, अ. सामाजिक शास्त्र ६५, अ.अंग्रेजी ७७,ऐच्छिक गणित ७७,ऐ. जनसंख्या तथा वातावरण शिक्षा ७३ तथा ऐ.शिक्षा शास्त्रमा ७३ ।