रत्नेचैार २, सालघारी निवासी ४१ वर्षिय रामबहादुर किसान (साइला सार्की) को २०६८ असार ११ गते मृत्यु भएको छ । अत्यधिक मदिरा सेवनका कारण विभिन्न रोगले च्यापेका उनी लामो समयदेखि विमार थिए । रत्नेचैार २ का युवा ब्यवसायी दानबहादुर महतका अनुसार अस्पतालले मृत्युका कारण जन्डिस बिग्रन गएको बताएको छ । निजका श्रीमती र दुर्इ छोराहरू रहेका छन् ।