गाउँमा रेडक्रसको भवन बनाउन बिदेशमा खेलको आयोजना गरिदैँ

रेडक्रस रत्नेचौर उपशाखाको जिर्ण भवन तस्बीरः नीराजन शिरीष

बायाँ चित्रमा देखाइएको भवन हो- रत्नेचौर १ स्थित रत्नेचौर रेडक्रस उपशाखाको भवन । यो भवन खासमा गा.वि.स भवन हो । द्दन्दकालमा विद्रोही माओवादीहरूको निशाना बनेको यो भवन क्षतिग्रस्त भैसकेपछि  यस भवनमा त्यसयताका कुनै पनि गा.वि.स. सचिव फर्केर आएनन् । यसै भवनको तल्लो तहमा रहेको रत्नेचौर उपस्वास्थ्य चौकी बुढोपोखरी मुनि आफ्नै पक्कि भवनमा सरेपछि यो भवन खण्डहर जस्तै बनेको थियो । तर यस भवनमा रहेका केहि कोठाहरूमा ठूली रानी वन सा.व.उ.स को कार्यालय, एक नं. वार्डको सा.व.उ.स को कार्यालय राख्ने काम भयो । र, पहिले उपस्वास्थ्य चौकी रहेको कोठामा भने रत्नेचौर रेडक्रसको उपशाखाको कार्यालय राख्ने काम भयो । मर्मत सम्भार गरिएको भएपनि अत्यन्तै साँघुरो, जिर्ण र दयनीय स्थितीमा रहेको यो कोठाबाट रत्नेचौर रेडक्रसको उपशाखाका पदाधिकारीहरूले छुट्टै स्थानमा भवन बनाउने निर्णय गरेका छन् ।

उनीहरूको यो अभियानमा सहयोग पुर्याउने हेतुका खातिर हाल नर्वेजियन रेडक्रस अन्तरगत नर्वेको सुदुर उत्तरी शहर ट्रोम्सोमा कार्यरत रत्नेचौर – २ का नीराजन थापाले ट्रोम्स रेडक्रस युथ र सहकर्मी युवा प्रतिनिधीको विशेष सहयोगमा आज जून ६ मा एक मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्दैछन् । स्थानीय समय अनुसार साँझ ७ बजे स्थानीय एक फूटबल मैदानमा आयोजना गर्न लागिएको उक्त मैत्रिपूर्ण फुटबलमा बिभिन्न लब्ध प्रतिष्ठित ब्यक्तित्वहरू तथा संघसंस्थाहरूले सहयोग पुर्याएको थापाले बताए । ट्रोम्स नगरपालिकाका मेयर एरिल्ड हसबर्ग, डा. गणेश आचार्य, डा. रञ्जन पराजुली, ट्रोम्सो बिश्वबिध्यालयका रेक्टर यार्ली आरबक्के, सहप्राध्यापक भिदार भाम्बेम लगायतका स्थानीय लब्ध प्रतिष्ठितहरूले खेलमा सहभागिता जनाउँदैछन् ।

२५, ५० र १२५ क्रोनर दरका टिकटको ब्यवस्था गरिएको उक्त मैत्रीपूर्ण खेल आयोजनाको तयारी क्रममा ट्रोम्स रेडक्रस युथकी लिडर थेरेसा क्राम्भिक लगायतका रेडक्रस स्वयंसेवक तथा सदस्यहरूले महत्वपूर्ण सहयोग पुर्याएका छन् ।

2 thoughts on “गाउँमा रेडक्रसको भवन बनाउन बिदेशमा खेलको आयोजना गरिदैँ

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s