रावल तथा थापा थरेहरूले कुल पूजा गर्ने

जेष्ठ महिनाको दशमीमा कुल पूजा गर्दै आएका रावल थरेहरूले १ दशक पछाडि यो बर्ष दशमीकै तिथीमा जेष्ठ २८ गते शनिवारका दिन आफ्नो कुल पूजाको मिति तय गरेका छन् । कुल पूजामा रत्नेचौर तथा भैरहवामा छरिएर रहेका रावलहरू भेला हुने गर्दछन् । कुल पूजाले सबै दाजुभार्इहरूलार्इ धेरै वर्षको अन्तरालमा एकदिन सँगै बसी रमार्इलो गरी आफ्नो कुललार्इ सम्झने अवसर दिने भएकाले कसैले पनि कुलपूजाहरू सकभर छुटाउँदैनन् ।

अचेल नेपालमा कुनै पनि कार्यक्रम गर्दा फेसबुकमा त्यो कार्यक्रमका बारेमा सम्पूर्ण जानकारीहरू समेटेर इभेन्ट्स बनाउने प्रचलन रहेको छ । यस्ता खालका सृजनात्मक क्रियाकलापले धेरै मानिसहरू ध्यान खिच्ने भएकाले फेसबुकमा यस्ता कार्यक्रमहरू सृजना गर्नुलार्इ महत्वका साथ हेर्ने गरिन्छ । सम्भवतः गाउँमा हुने कुनै पनि खालको कार्यक्रमको इभेन्ट्स बनार्इ प्रचार प्रसार गर्ने पहिलो ब्यक्ति बन्न पुगेका छन् सागर रावल जसले फेसबुकमा रावल थरेहरूको कुलपूजाको प्रचारका लागि इभेन्टस बनाएका छन् ।

त्यसै गरी जेष्ठी पूर्णीमाको अवसरमा कुल पुजा गर्दै आएका थापा थरेहरूले पनि लामो समयको अन्तराल पश्चातः यस बर्ष आफ्नो कुल पूजा गर्ने भएका छन् । असार १ गते कुल पूजा गर्ने निधो गरिएको जानकारी दिदै रत्नेचौर २ का सुजन थापाले भने – कुल पूजाले खबरा, भैरहवा तथा बागलुङमा छरिएर रहेका दाजुभार्इहरूसँग बर्षौपछि पुनर्मिलन गराउने हुनाले म निकै नै उत्साहित छु ।

स्मरण रहोस् थापाथरेको कुल पूजामा मस्ट मात्र हुन्छ । मस्टले एकै खुट्टाले करिब २ कि.मी दुरीको यात्रा गरी कुलस्थान सम्म आउने गर्दछन् । वैज्ञानिक र एक्काइसौ शताब्दी भनिए पनि कुल पूजामा देखिने कतिपय घटनाहरू विज्ञानका लागि चूनौतीका रूपमा खडा हुने गर्दछन् । जस्तोकि थापा थरेको कुल पुजामा मस्टको मुख्य साँढ खसीले मुलघरमा पूजा गरि कुलस्थानतर्फ हिड्ने अवधीभर तीन वटा खुट्टाले मात्र यात्रा गर्छ ।

यदि यहाँहरूसँग पनि आफ्ना कुल पूजा सम्बन्धी केहि रमार्इला र अविश्वसनीय स्मरणहरू छन् भने प्रतिक्रियाका रूपमा लेखी ब्यक्त गर्नुहोला ।

2 thoughts on “रावल तथा थापा थरेहरूले कुल पूजा गर्ने

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s