रत्नेचौरबाट फर्केर जीवराज शर्मा
बैशाख ५ गते रत्नेचौरमा परेको असिनाका कारण लाखौको क्षति भएको छ । फाटफुट्ट रूपमा परेको असिनाले लुङ्गुर चौरमा हालैदेखि सामूहिक तरकारी खेती गरेका युवाहरूको तरकारी बालीमा १ लाख बराबरको क्षति भएको छ । केहि महिनादेखि सामूहिक ब्याबसायिक तरकारी खेती गर्दै आएका कृष्ण बोगटी, ओम रोका, नीरबहादुर थापा, झपटबहादुर रोकाको संयुक्त तरकारी खेतीको पहिलो चरणको फसल उत्पादन लिनु अगावै भएको यो क्षतिका कारण उनीहरू दुखित भएका छन् । उक्त असिनाले गहुँ बालीमा समेत प्रभाव पारेको छ ।