जापानको हङ्सुद्भिपमा स्थानीय समयअनुसार अपरान्ह पौने तीन बजे ८.९ रेक्टर स्केलको भूकम्प गए पश्चातः जापानका प्रधानमन्त्री नाओतो कानले संकटकालको घोषणा गरेका छन् । भूकम्पको कम्पन जापानको ओसाकासहित प्रशान्त माहासागर तटवर्ती क्षेत्र सबैमा महसूस गरिएको खबर छ ।
टोकियोबाट हाम्रो सम्पर्कमा आएका रत्नेचौर १, किराखोर निवासी राजु सापकोटाले मोबाइल र ग्याँसको लार्इन अबरूद्द रहेको जानकारी गराएका छन् । उनका अनुसार राजधानी टोकियो वरिपरी रहेका रत्नेचौरबासी लगायत अन्य सबै सुरक्षित छन् । उनले टोकियोभन्दा बाहिर रहि काम गर्ने वा अध्ययन गर्दै गरेका केहि सँग भने सम्पर्क हुन नसकेको बताएका छन । जीवनमा पहिलो पटक यस्तो महाविनाशक भूकम्पका बारेमा थाहा पाउँदा आफू अचम्भित भएको र फेरि पनि दोहोरिन सक्ने चिन्ताले सताएको उनले बताए । विभिन्न सञ्चार माध्यमहरूले भूकम्प पछि आएको सुनामीले मच्चाइरहेको बबण्डरको ताजा दृश्य प्रसारण गरिरहेका छन् । विभिन्न विदेशी संचार माध्यमका अनुसार सुनामीका कारण हालसम्म ५ जनाको ज्यान गएको छ । क्षतिको बाँकी विवरण आउन बाँकी छ ।