‘साहित्यका लागि शिरीष-यात्रा’ अभियानका सहयोगीहरू

मेरो साहित्यिक यात्रा अभियानलार्इ आर्थिक तथा नैतिक रूपमा सहज पार्नका लागि विभिन्न ब्यक्तित्वहरूको सदाशयता र सहयोगका लागि म आभारी छु । सर्वप्रथम, त यो अभियानका बारेमा अति नै उत्सुक रहि आर्थिक सहयोगको लागि सबभन्दा पहिले प्रतिबद्दता जनाउनु हुने दिदी, बिना बुढाथोकीलार्इ आभार प्रकट गर्न चाहन्छु । साथै इजरायलमै कार्यरत अर्की सहयोगी दिदी माया (पवित्रा) आलेलार्इ पनि धेरै धेरै आभार प्रकट गर्न चाहन्छु । यो अभियानको सफलताको लागि नैतिक समर्थन गरिदिनु भएकोमा म मामा सरोज क्षत्री प्रति पनि आभारी छु । उहाँकै सद्भभावका कारण फ्रान्समा अध्ययनरत मेधावी छात्र, भार्इ कमलबिक्रम केसीसँग सम्पर्क स्थापित भएको र त्यहाँ कार्यक्रम भव्यतापूर्वक सफल हुने विश्वास लिएको छु ।

हालसम्म अभियानका लागि प्राप्त सहयोग रकम र सहयोगको विवरण तल उल्लेख गरेबमोजिम रहेको सहर्ष जानकारी गराउँदछु ।

१) बिना बुढाथोकी इजरायल, यु.एस डलर १००।-
२) माया आले इजरायल, यु.एस डलर ५०।-
३) प्रदिप थापा सुमन, रत्नेचौर-२, हालः बेल्जियम, वश्लोदेखि ब्रसेल्ससम्मको प्लेन टिकट स्पोन्सर
४) एक फिलिपिनी महिला साथी (नाम उल्लेख नगर्ने शर्तमा) ट्रोम्सोदेखि वश्लो सम्मको प्लेन टिकट स्पोन्सर (यु.एस डलर ८५ बराबर)
५) सरोज क्षत्री साउदी अरेबिया, फ्रान्समा रहेका कमलबिक्रम केसी सँग सम्बन्ध स्थापित गराएर त्यहाँ बस्ने तथा कार्यक्रमको चाँजोपाँजो मिलाउनमा सहयोग ।

यदि यहाँहरू पनि आर्थिक वा नैतिक समर्थन गर्न चाहनुहुन्छ भने कृपया जतिसक्दो छिटो तलको ठेगानामा सम्पर्क गरिदिनु हुनका लागि सविनय अनुरोध गर्दछु ।

मनी ट्रान्सफरबाट सहयोग पठाउन चाहुनु हुन्छ भने निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ ।

Nirajan Thapa
Jonas Lies Gate 31, post box 9009, Tromsø, Norway
Contact no. 0047 47709243

बैङ्क मार्फत सहयोग गर्न चाहनुहुन्छ भने निम्न ठेगानामा सम्पर्क राख्नुहोला ।

A/c holder’s name: Nirajan Thapa
IBAN : NO1764200640797
Bank: Nordea Bank,
Swift code: NDEANOKK

Street Address: Grønnegata 80
9008 Tromsø, Norway

पुनश्चः आर्थिक सहयोगमात्र सहयोग नभएकाले नैतिक समर्थनको पनि हार्दिक स्वागत गर्ने जानकारी गराउँछु । साथै प्रत्येक कार्यक्रमको प्रत्यक्ष ब्लगिङ मेरो ब्यक्तिगत ब्लग http://www.thapanirajan.blogspot.com मार्फत गर्नेछु र आवाज सहितको प्रत्यक्ष प्रसारणका लागि केहि दिन पश्चातः जानकारी गराउनेछु । धन्यवाद ।

विनीत
नीराजन शिरीष

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s