प्रिय दाजुभार्इ तथा दिदीबैनीहरू
नमस्कार,
बिशेषकुरा म अप्रिलको १० बाट यूरोपका केहि शहरहरू घुम्न चाहन्छु र स्वयंसेवकका रूपमा नर्वेमा कार्यरत रहेको हुँदा मैले धेरै रकम खर्च गर्न पनि नसक्ने भएकाले यहाँहरूको सहयोग चाहन्छु । कृपया यहाँहरूले मलार्इ के कस्तो सहयोग गर्न सक्नुहुन्छ जबाफ दिने प्रयास गरिदिनु भयो भने म एकदम नै आभारी हुने थिएँ । बिशेष गरी म भ्रमणका समयमा आफ्ना केहि रचनाहरू सुनाउने र श्रोताहरूबाट केहि रकम सहयोग उठाइ, उठेको रकमबाट म्याग्दीमा लामोसमय देखि क्रियाशिल साहित्यिक संस्था पौलस्त्य साहित्य समाजलार्इ केहि रकम र केहि रकम चाँहि ४ वर्षसम्म मेरै सम्पादनमा प्रकाशित हुदै आएको र हाल स्थगित जिल्लाकै पहिलो साहित्यिक मासिक पत्रिका रत्नको निरन्तर प्रकाशन गर्न चाहेको हुँदा, यहाँहरूले केहि सहयोग गर्न सक्नुहुन्थ्यो कि भनेर यो आब्हान गरेको हुँ ।
बिशेष गरी यो यात्रामा म यहाँहरूबाट निम्न बमोजिमको सहयोगको अपेक्षा राख्दछु ।
१) खाना र बस्नको ब्यवस्था यहाँहरूसँगै गरिदिन सक्नुहुन्थ्यो कि ? म एकै स्थानमा ३ दिनभन्दा बेशि नबस्ने पनि अवगत गराउँछु । म यहाँहरूकोमा धेरै दिन बसेर यहाँहरूलार्इ चिढाउन चाहन्न । 🙂
२) एक देशबाट अर्को देशमा जाने कुनै पनि सवारीको टिकट स्पोन्सर गरिदिएर ।
३) आफ्ना वरिपरि रहेका केहि (कम्तिमा १० जनाजति) साथीहरूलार्इ कुनै एक साँझ मसँगै मेरा रचनाहरू सुन्ने ब्यवस्था मिलाइदिएर । जहाँ म मेरा छानिएका सृजनाहरू सुनाउन सकुँ र मेरो अभियानका लागि केहि रकम जम्मा गर्न सक्षम बनुँ ।
४) यहाँहरूको फुर्सद मिलाएर मलार्इ यहाँ आफू बसेको स्थानका केहि बिशेष ठाउँहरू घुमाएर ।
यहाँहरूको सहयोगका लागि म प्रतिक्षारत छु ।
कृपया समयमै जवाफ दिइ मेरो यात्रालार्इ सहज बनाइदिनुहुन अनुरोध गर्दछु । यहाँहरूले के कस्तो सहयोग उपलब्ध गराउन सक्नुहुन्छ कृपया कमेन्ट बक्समा लेखेर जानकारी गराइदिनु हुन अनुरोध छ ।
बिनितः
नीराजन थापा, रत्नेचौर-२, म्याग्दी
हालः युवा स्वयंसेवक, ट्रोम्स रेडक्रस युथ, ट्रोम्सो, नर्वे
मेरो सम्पर्क मोबाइल – ००४७ ४७७०९२४३
lala bhanij ko mano kamana purna hos.mero shubha kamana !
sakejati jutaunu napugema Mama haru lai patra lekhi pathaunu.
ma niranjan bhai lai 50 QR help garna chahan6u.
भाई नीराजन शिरीष म मेरो तर्फबाट नर्वे,ओस्लो देखी बेल्जियम,ब्रुस्सेल सम्मको राइन एअर को टिकेट स्पोन्सर गरी दिन्छु र अप्रिल १६ का दिन मोना बेल्जियम को चौथो वार्षिक उत्शबमा भाई को केही लेख अनी केहि रचनाहरू सुनाउने र श्रोताहरूबाट केहि रकम सहयोग गर्न साथै भाई बेल्जियम केही शहरहरु
घुम्न सयोग र भाई को यात्रा मा सबै को सयोग होस यही नै मेरो शुभ-कामना सधैं भाई को भलो चाहाने दाजु सुमन थापा ”प्रदिप ”हाल बेल्जियम, अन्त्वेर्पेन
नमस्कार निराजन जि, म मेरो तर्फबाट $२५० सयोग गर्न चाहन्छु,साथीहरु तपाईं हरु पनि सयोग गर्न तयार हुनु ह्न्छ ? ? ? यदी तयार हुनुह्न्छ भने PLEASE CONTACT TO निराजन थापा,धन्यवाद~~~!!!!!!
भाई निराजन, तपाईंले सहयोगको उपेक्ष राखानु भएको रहेछ मेरो तर्फबाट ५० रेअल सहयोग गर्ने छु । हाल कतार
ok nirajan vai tapaile sayog ko apecheya garnu bayako rayacha mero sayog 50 riyal and aru sathy haru ko pani yastei sayog ko apecheya garne chu ok
एक दार्इ, यहाँको सदाशयताको लागि हार्दिक आभार प्रकट गर्दै, यहाँहरूबाट हुन लागेको यो सहयोगबाट मैले बोकेको मेरो उद्देश्य पूरा हुनेमा अझ बढि विश्वस्त हुन पुगेको सहर्ष जानकारी गराउँदछु । फेरि पनि एकपटक धन्यवाद दार्इ ।
nirajan bhanij ma malaysia ma chu tapai lai thahanai 6 ma aayha bata k ?ra kasari shahayog garna sakchu tapai le nai bhannuhos kaha bata kaha jadai hunuhun6? ma chai tiket ko bandobasta garidin chu kati u.s.a lag6 khabar pau la mama bogati…….
मामा, सदाशयताका लागि धन्यवाद ब्यक्त गर्न चाहन्छु । अहिले मैले योजना गरेको देशहरूमा बेल्जियम, स्पेन, फ्रान्स, इटाली, स्वीटजरल्याण्ड र डेनमार्क हुन । हेरम के कति ठाउँमा सम्पर्क गर्न सक्छु त्यसमा भर पर्छ मामा । कतिपय साथीहरूले आफूसँग बस्ने ब्यवस्था मिलाउँछु पनि भन्नुभएको छ मलार्इ अहिले चाहिएको सहयोग भनेको ती देशमा एकदेशबाट अर्को देशमा पुग्नको लागि आवश्यक टिकटको रकम नै हो । अब १ महिना जति बाँकी छ अहिले नै केहि टिकटहरू ब्यवस्था गर्न सकेँ भने मेरो यात्रा अझै सहज हुनेछ भन्ने बिश्वास गरेको छु । सहयोग त मैले यति भन्दा पनि मामाले नै बिचार गरेर सहयोग गरिदिनुभयो भने म आभारी हुने थिएँ मामा ।
मेरो भाई निरजन्,म मेरो तर्फबाट $२५० सहयोग गर्छु। आउनोश हजुरहरु पनि यो अभियानलाई साथ दिन कती सक्नु हुन्छ?निरजनलाई हाम्रो सहयोगहको खाचो छ।सबैबाट सहयोग मिल्छ भन्ने आशा राखेकी छु।सम्एमा निरजनलाई सम्पर्ग राखन हुन अनुरोध गर्दछु धन्यवाद ! हालः इजरायल ।
दिदी,
हजुरको यो उदार मनका लागि कृतज्ञता प्रकट गर्न मसँग शब्दको अभाव भएको महशुस गरेको छु । साथै एकै जनालार्इ मर्कै पर्ने गरि म यति ठूलो रकम सहयोग लिन नसक्ने पनि जानकारी गराउँछु दिदी । एकजनाबाट बढीमा ५०।६० डलर भन्दा बढि सहयोग नहोस् भन्ने चाहन्छु । किनकी यो अभियानमा म थुप्रै आफन्त, साथीभार्इ र सहयोगीहरूको सहयोग रहोस् भन्ने अपेक्षा राख्दछु दिदी ।