रत्नेचौर गाविसको सम्पुर्ण फाँटमा लगाइएको गहुँबालीमा एक साता अगाडीदेखि फौजिकिराको महामारी फैलिएपछि गाउँबासीहरू चिन्तित बनेका छन् ।
माघको अन्तिम सातादेखि रत्नेचौर आसपासको करिव १५ हेक्टरमा एक्कासी देखापरेको सो किरा पछिल्लो समय आसपासका क्षेत्रहरुमा पनि देखिन थालेपछि किसानहरुले जिल्ला कृषीविकास कार्यालय म्याग्दीमा खबर गरेका छन ।
किसानहरुले नियन्त्रण नै गर्न नसक्ने अवस्थामा पुगेपछि जिल्ला कृषीविकास कार्यालयको अनुरोधमा क्षेत्रिय बालीसंरक्षण प्रयोगशाला पोखराका प्रमुख तिर्थकुमार श्रेष्ठको नेत्रृत्वमा जिल्ला कृषिविकास कार्यालयका प्रमुख बरिष्ठ कृषिविकास अधिकृत महेशचन्द्र आचार्य सहितको एक टोलीले उक्त क्षेत्रमा फौजिकिराले पुर् याएको प्रकोपका बारेमा निरिक्षण गरेको छ ।
कृषिविकास कार्यालय म्याग्दीका बाली संरक्षण अधिकृत गोबिन्द बर्राकोटीका अनुसार उक्त क्षेत्रमा देखापरेको फौजिकिरा मौषमको प्रतिकुलताका कारण केहि भौगोलिक क्षेत्रमा देखापर्ने भएकोले औषधि प्रयोग गरेमा त्यसलाई नियन्त्रण गर्न सकिन्छ । कार्यालयले महामारी क्षेत्रमा औषधि निःशुल्क बितरण गर्न थालेको कार्यालयले जनाएको छ ।
फौजिकिरा पुतलीको एक लार्भा अवस्था हुने यसको आयु दुइ हप्तामात्रै हुने र यसले रातको समयमा बालामुनी बसेर फल खाने भएकोले साँझको समयमा प्रतिलिटर पानीमा दुई मिलिलिटर डेसिसु नामक बिसादी छर्किन किसानहरुलाई कृषि कार्यालयले सल्लाह दिएको छ ।

कृषि बिकास कार्यालयबाट आएका अधिकृतहरूलार्इ बालीमा देखिएको प्रकोपका बारेमा जानकारी गराउँदै स्थानीयबासी तस्बीरः बेनीअनलाइन
अनुच्छेदः हरिकृष्ण गौतम
तस्बिरः बेनीअनलार्इन
You must be logged in to post a comment.