भुल्यौं होला पहिले हाम्ले गुन्द्रुक सँग ढिंढो खा’को,
खर्को छानो चुहिएर चोटा भरी छाल आ’को ।
मकै भट्ट पोको पारी झोला बोकी स्कुल गा’को,
ठुलो बन पाखा बाट दाउर बोकी घर आ’को ।
गोठालोमा सङ्गीसँग लुका मारी खेली आउँदा,
बस्तु भाउले बाली मास्थ्यो घर पुग्दा झापाड पा’को।
उ बेलाको याद आउँदा मनमा कस्तो पिडा हुन्छ?
सुन्दर मेरो गाउँको यादले आज यो मन साह्रै रुन्छ…
आज यो मन साह्रै रुन्छ !
हालः दक्षिण कोरिया
सुन्दर भाव , सुन्दर कबिता पुन: पुन: पढन पाइयोस् कविता । धन्यबाद अंकल ।
मामा, यस्ता रचना अरू थुप्रै पढ्न पाइयोस् है !