एकता अर्जम सांस्कृतिक समुह को देउसी भैलो

रामचन्द्र थापा मगर

गत सालको देउसीको एक झलकः लेखक


एकता अर्जम सांस्कृतिक समुह ले शुभ दिपावली को पबन अबसर मा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ। एकता अर्जम सांस्कृतिक समुहका पुर्ब नित्य प्रशिक्षक तथा संस्थापक सदस्य स्वर्गिय तेजिन्द्र थापा मगर को स्मृतिमा निर्माणाधिन “तेजिन्द्र स्मृती भवन” को निर्मांणसहयोगार्थ देउसी भैलो कार्यक्रम आयोजना गरिएको कुरा संस्थाका अध्यक्ष राजु थापा मगर ले बताउनु भएको छ। रत्नेचौर गा.वि.स. वडा नं. ७ र ९ का बासिन्दाहरुको विशेष श्रमदान तथा अग्रज, अभिभावकहरुको सहयोगमा भवन निर्माणकार्य पहिलो तल्ला सम्पन्न भएको छ र यसै आर्थिक वर्ष २०६७/०६८ मा भवनको दोश्रो तल्ला पनि निर्माण गर्ने लक्ष्य रहेको छ । हालसम्म भवन निर्माणको लागि रत्नेचौर वडा नं.७, (हाल जर्मनी) निवासी श्री प्रेम बहादुर थापा मगर ज्यु बाट रु.८०.००० बराबरको घडेरी दान, तथा रत्नेचौर वडा नं.७, (हाल हङकङ) निवासी श्री इन्द्र बहादुर थापा मगरबाट रु.१०,००० सहयोग प्राप्त भैसकेको छ।

देउसीको उपाहार ग्रहण गर्दै भैलिनीहरू गतसालको एक दृश्यः लेखक


स्रोतका अनुसार कार्यक्रम यहि कार्तिक १७ गते देखी सुरु हुनेछ। भैलो कार्यक्रम पर्बत को कुश्मा हुदै बागलुङ बजार, म्याग्दी सदरमुकाम बेनि र रत्नेचौर हुँदै अर्जममा समापन हुनेछ। कार्यक्रम अबधी १ हप्ता सम्म हुनसक्ने संस्थाका अध्यक्ष राजु थापा मगर ले बताउनु भएको छ। साथै भैलो कार्यक्रलाई सक्दो सहयोग गर्न यहाँहरु सबैलाई हार्दीक अनुरोध गर्दछौ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s