रामचन्द्र थापा मगर (अर्जमबाट फर्केर)
एकता अर्जम सांस्कृतिक समुहले आयोजना गरेको वृहत सास्कृतिक कार्यक्रम भब्यता का साथ सम्पन्न भयो । शुभ बिजया दशमीको दिन आयोजना गरिएको उक्त कार्यक्रम ४ बजेदेखी बलुकी ८ बजे सम्म सन्चालन भएको थियो । लोप हुन लगेको लोक संस्कृती, रितीरीवाज, परम्परालाई जिवन्त राख्ने हेतुले आयोजना गरिएको उक्त कार्यक्रम संस्थाका सचिब रामचन्द्र थापा मगर र आशा थापा मगर ले सञ्चालन गर्नु भएको थियो । समाजसेबी तथा ब्यापारी दीपक बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जम्मा ५५ हजार रुपैया सङ्कलन भएको थियो । प्रमुख अतिथी दीपक बोगटीले १२ जना जेष्ठ नागरीक लार्इ दोसल्ला ओढाएर सम्मान गर्नुका साथै २२ जना एस.एल.सी उत्तिर्ण विधार्थीहरु लाई मायाको चिनो तथा प्रसंशापत्र प्रदान गर्नु भएको थियो । त्यस्तै जेहन्दार विधार्थी छात्रवृती १५ जना विधार्थीहरुलाई बितरण गरियो। बागलुङ एफ.एम तथा यस ब्लग मिडिया पार्टनर रहेको कार्यक्रममा लिसार सांस्कृतिक समुहका रन्जित राना मगर र दिलिप राना मगर लाई पनि सम्मान गरिएको थियो ।
You must be logged in to post a comment.