संगम बाल क्लब, श्री भानु मा.वि. को आयोजनामा प्रस्तुत नृत्य । यो फोटो आज दिउँसो ३ बजेतिरको हो । र यसलार्इ आधा घण्टाकै समयमा यहाँ समावेश गर्न सफल भएका छौं । यो फोटो रत्नेचौर २, निवासी सबिना थापाको सहयोगमा यहाँ राखिएको हो ।
हामीलार्इ प्राप्त पछिल्लो समाचार (श्याम खत्रीका) अनुसार साँस्कृतिक कार्यक्रम आयोजना गरी आफ्नो सृजनात्मक प्रस्तुतिले उपस्थित रत्नेचौर बासीलार्इ मनोरन्जन दिएकोमा अझ बढी प्रगति र सृजनात्मक हुने प्रेरणा मिलोस् भन्ने हेतुले समाजसेवी तथा व्यापारी दिपक बोगटी (हालः मलेशिया) ले रू. २० हजार नगद सहयोग गर्नुभएको थियो । रत्नेचौरमा कुनै पनि ब्यक्तिले संघ संस्थालार्इ यति ठूलो रकम नगदै सहयोग गरिएको पहिलो पटक हो । यसभन्दा अगाडि २०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसका तत्कालिन उम्मेदवार स्वर्गिय कर्णेल नारायण सिंह पुनले रत्नेचौर युवा क्लबलार्इ रू. १० हजार नगद प्रदान गरेका थिए ।
You must be logged in to post a comment.