एकता अर्जम सांस्कृतिक समुह
जि.प्र.का., म्याग्दी द.नं. १८०/०६६/०६७
सर्बप्रथम त नेपालीहरुको महान पर्व शुभ बिजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ ।
यस एकता अर्जम साँस्कृतिक समुहले तेस्रो वर्ष सफलतापूर्वक पार गरी चौथो वर्षमा पाइला अगाडी बढाउदै शुभविजया दशमी २०६७ को पावन अवसरमा विविध कार्यक्रमहरु आयोजना गरेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौ ।
विशेष त हाम्रो लोक संस्कृती, रितीरीवाज, परम्परालाई जिवन्त राख्नु हाम्रो मुख्य उद्भेश्य हो । हामी हाम्रो बस्तीमा एउटा छुट्टै परम्पराको थालनी गर्न चाहन्छौ । जहाँ विजया दशमी सँगै हाम्रो गाउँ समाजको नाम अगाडि आओस् । त्यसैले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि वृहत सांस्कृतीक कार्यक्रमको आयोजना गरेका छौ“ । विकासको पहिलो खुड्किलो शिक्षा हो । यसको महत्व दर्शाउदै युवावर्गलाई शैक्षिक क्षेत्रमा अग्रसर गराउनको लागि उत्कृष्ट विधार्थी सम्मान कार्यक्रम तथा आर्थीक अवस्था कमजोर भएका दलित, जनजाती, लगनशील विधार्थीहरुलाई, “जेहन्दार विधार्थी छात्रवृत्ती” कार्यक्रम पनि आयोजना गरेका छौं । तथा जीवनको उतारार्द्धका पलहरू बितार्इरहनु भएका हाम्रा आदरणीय वृद्धा बुबा आमाहरुलाई सम्मान गर्ने कार्यक्रम पनि आयोजना गरेका छौं ।हामीलाई तपाइहरुको माया, ममता, सल्लाह, सहयोगको सदा खाँचो रहन्छ । तपाइहरुको माया ममताले गर्दा नै अहिले हामी यो स्थानसम्म आइपुगेका हौं । आशा छ भोलिका दिनहरुमा पनि यसरी नै सहयोगको हातहरु अगाडी बढाउनुहुनेछ । अन्त्यमा हाम्रो कार्यक्रमहरु अवलोकन गरेर सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछौ“ ।
कार्यक्रम :
१. वृहत सांस्कृतीक तथा साङ्गीतिक कार्यक्रम
२. जेष्ठ नागरीक सम्मान कार्यक्रम
३. विधार्थी सम्मान कार्यक्रम
४. जेहन्दार विधार्थी छात्रवृती कार्यक्रम
मितीः– २०६७/६/३१ (विजयादशमीको दिन )
स्थानः–श्री रामचन्द्र नि. मा. वि को प्राड्डण रत्नेचौर
अर्जम म्याग्दी
समयः–दिउसो १२ बजे
नोट : आयोजक यहाँको आर्थिक, भौतिक तथा नैतिक सहयोगको अपेक्षा राख्दछ, कृपया यहाँले प्रदान गर्न सक्ने सहयोगका लागि यसै पोष्टको मुनि कमेन्ट बक्समा प्रतिबद्भता ब्यक्त गरि सहयोग गर्नुहोला वा इमेल thp_native@yahoo.com मा सम्पर्क गर्न समेत सकिने जानकारीका लागि निवेदन गरिन्छ ।
“विजयादशमी भव्य तथा सभ्य रुपमा मनाऔ“