नीराजन शिरीष
मलेशियामा बसी ब्यापार गरिरहेको एक सामान्य नेपाली नागरिकले आफ्नो देशको सबभन्दा ठूलो दलको ठूला नेता पुष्पकमल दाहाललार्इ भेटे भने के गर्लान ? सायद धेरै अडकलबाजी हुन सक्छ, उनीसँग नजिक भएर आफूले लिन सकिन फाइदा प्राप्त गर्नका खातिर जे पनि गर्लान । तर विगतकेहि वर्षदेखि मलेशियामा बसी कोरियन ब्ल्याङकेट, यूकेको स्वीटर, कोरियन मदिरा तथा कोरियन तयारी खानाको व्यापार गर्दै आएका रत्नेचौर १, म्याग्दीका दिपक बोगटीले भने उनलार्इ आधुनिक मलेशियाको विकाशमा नेतृत्व गर्दै आएका महाथिर मोहम्मदको रूँदै गरेको तस्वीर, उनको जीवनी, एउटा खाली डायरी र कलम उपाहार दिएका छन् ।
म्याग्दी जिल्लामा नेपाली कांग्रेसको सक्रियतालार्इ शुरूवात गर्ने एक नेता स्व. ओमबहादुर बोगटीका जेष्ठ सुपुत्रका रूपमा जन्मेका दिपक बोगटी भावनात्मक रूपले एकदम कमजोर व्यक्ति मानिन्छन् । आफ्नो पिताको समाजसेवाबाट प्रभावित रहेको उनले रूँदै गरेको तस्वीर दिनुको कारण जनताप्रतिको उत्तरदायित्वलार्इ एक सफल राजनेताले कसरी लिनुपर्दछ भन्ने कुरा प्रचण्डले बुझुन भनेर दिएको बताए । साथै नेपालका तीन करोड जनताहरूका दुःखलार्इ नजिकबाट बुझेर राजनीति गर्न प्रेरित गरोस भन्ने उद्भेश्यले उक्त उपाहार दिएको जानकारी दिए । साथै डा. महाथिर मोहम्मदको जीवनी पढेर देश विकासका लागि उनले चालेका सकारात्मक उदाहरणहरूलार्इ खाली डायरीमा टिपेर मनन गरून भन्ने कामनाका साथ आफूले ती उपाहारहरू दिएको उनले जानकारी दिए । प्रचण्डले ती उपाहारहरूको उपयोग कसरी गर्लान त्यो त अहिले अनुमान लगाउन नसकिने कुरो भयो । तर उपाहार लिदैँ गर्दा प्रचण्डको गम्भीर मुद्राबाट भने उनले त्यसको सहि सदुपयोग गर्ने कुरामा आफू ढुक्क रहेको बोगटीले बताए । आशा गरौं बोगटीले प्रदान गरेको उपाहारले प्रचण्डलार्इ अवश्य पनि देश र जनताप्रति साथै शान्तिप्रक्रियामा आफ्नो जिम्मेवारी महत्वपूर्ण रहेको बोध गराउनेछ । र, कम्तीमा पनि उनले यो पुरस्कारको अमूल्य गुणलार्इ सधैं सम्झिराख्ने छन् ।
बधाई छ समाजसेवी दिपक बोगटी ज्यूलाई
हाम्रा ठूला दलका ठूला नेतालाई उपहार दिनु भएकोमा दिपक बोगटी ज्यूलाई बधाई, महाथिरको जीवनी पढेर प्रचण्डको सद्बुद्धि पलाओस् र राष्ट्र निर्माणमा अग्रसर रहुन ।