रत्नेचौर-१, किराखोर निवासी श्रीमान् बलबहादुर थापा तथा श्रीमती बालकुमारी थापाले आफ्ना पितृ उद्धारका हेतू भागवत गीता सप्ताह महापूराणको लगाउनु भएको खबर प्राप्त भएको छ । आश्विन १५ गते तदानुसार अक्टोबर १ शुक्रबारका दिनदेखि शुरू गरिएको उक्त सप्ताह महापुराण ७ दिनसम्म चल्नेछ । ४ जना बिद्धवत ब्राह्मण राखि सञ्चालन गरिएको भागवत महापुराणको मुख्य वाचक भने सहश्रधारा, पर्वतका पण्डित नारायणप्रसाद शर्मा रहेको जनाइएको छ ।
श्रीमद्भागवत महापुराण लगाउनु भएकोमा कर्ताहरुलाई धन्यवाद। उहाँका समस्त पितृहरुको उद्धार होस् भन्ने श्रीमुक्तिनाथ भगवान सँग कामना गर्दछु ।। जय होस्।