तीज कार्यक्रम सम्पन्न

रामचन्द्र थापा मगर, रत्नेचौर
हामीलार्इ ढिलो गरी प्राप्त समाचार अनुसार रत्नेचौर युवा क्लबले हरितालिका तिज पर्वका अवसरमा आयोजना गरेको खेलकुद प्रतियोगीता भव्यताका साथ सम्पन्न भएको छ ।
जिल्लामै एउटा क्लबले अञ्चल स्तरीय प्रतियोगिता आयोजना गरी सम्पन्न गरेको सम्भवत यो पहिलो पटक हुनु पर्छ । अंचलका दर्जन बढी उत्कृष्ट भलिबल टिमहरू सम्मिलित खेलमा म्याग्दी भलिबल ट्रेनिङ सेन्टरले ११ हजार १ सय ११ नगद पुरस्कार रहेको प्रथम स्थान हासिल गरेको थियो । अति नै रोमान्चक खेल पस्केको म्याग्दी भलिबल ट्रेनिङ सेन्टर, छोटो समयमै राष्ट्रिय स्तरको टिम बन्न सफल भलिबल टिम हो । त्यस्तै ७ हजार ७ सय ७७ पुरस्कार राशि भएको द्दितीय स्थानमा राधाकृष्ण युथ क्लब गौश्वाराले चित्त बुझाउनु परेको थियो ।
त्यस्तै गरी फुटबल तर्फको पहिलो र दोश्रो स्थानमा बाग्लुङे टिमले कब्जा जमाएका थिए । रूद्रेपिपल युथ क्लबले पहिलो र दोश्रो स्थान रामरेखा युथ क्लबले हासिल गरेका थिए । साथै छेलोमा रत्नेचौर ४ का केशर रोका एवं अन्धो निशानामा रत्नेचौर २ का सुजन थापा विजयी भएका थिए ।
संगम बाल क्लबको संयोजनमा हरितालिका तिजका दिनमा विविध साँस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू संचालन गरिएका थिए । साँस्कृतिक कार्यक्रम सरोज रावल संगमको संचालनमा भएको थियो ।
प्रतियोगिताका फोटोहरू रत्नेचौर युवा क्लबको फाइलमा प्रविष्टी गरिएको छ । हेर्नका लागि रत्नेचौर युवा क्लबको फाइल खोल्नुहोला ।

3 thoughts on “तीज कार्यक्रम सम्पन्न

  1. wow i was there in d village in d teej programme . it felt so glad to be there. it was a grud job by ratnechour yuva club n sangam bal club thnx to both.

  2. मामाको प्रतिक्रियाका लागि धन्यवाद । यसै गरी नै यो ब्लगलाइ माया गर्दै जानुहोला ।

  3. sorga bhanda piyaro ratnechour …..i love n miss ratnechour …teej ma teha gareko ko sport programme ko news padera i m really excited…aune dinma ajai ramro karye hudai jahun suvakamana,,,,thanx 4 ratnechour yuba club…….

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s