सायद यहाँहरू मध्ये धेरैले थुप्रै वर्खाहरूमा हलि, बाउसेको काम गर्नु भएको थियो होला –आफ्ना खेत खलियानहरूमा । अनि सायद धानको बिउ रोप्ने कामको पनि मज्जा पक्कै लिनुभएको थियो होला । सायद अहिले ती पलहरू मीठो सम्झना मात्र भएका पनि होलान् । अर्थात यसरी खेतमा गई हलि, बाउसे र खेतालीको काम नगरेको बर्षौ भैसकेको पनि होला ।
अचेल त गाउँघर तिर अनौ समाउने युवा जोश र जाँगर विदेशिएका छन् । विदेशिनुमा उनीहरूको आफ्नै विवशता पनि होलान् । तथापि खेत बारीहरू ढिलो चाँडो रोप्ने र छर्ने काम भने पूर्ववत चलिरहेकै छ । यसपाली श्रावण ७ गते शुक्रबार घर गएको थिएँ । झण्डै २ हप्ता पछि म गाउँ गएको थिएँ । र, शनिवारको दिन फर्कने बेलामा मैले भर्खर एसएलसी उत्तिर्ण भाईले हलो जोतिरहेको पाएँ । मलाई लाग्यो युवा जनशक्तिको अभावमा नौ – दश पढ्दै गरेका थुप्रैले जोत्ने र खन्ने काम गर्नु परिरहेको छ । अझ पाँच छ कक्षामा पढ्ने बहिनीहरूले धान र कोदो रोपिरहेको देख्दा मन त्यसै त्यसै अमिलिदो रहेछ ।
श्रावणको पहिलो हप्ता शुरु हुँदानहुदै रत्नेचौरका ९० प्रतिशत भन्दा बढी खेतहरू रोपिइसकेका छन् ।
You must be logged in to post a comment.