मैले तस्बिरमा देखिएका विदुर भाईका दुई भाइहरूको अध्ययन कार्यलाई नजिकैबाट नियाल्दै आइरहेको छु । बेलाबेलामा आफूले सक्दो हैसियतमा उनीहरूलाई अंग्रेजी ब्याकरण तथा अन्य सन्दर्भ सामाग्रीहरूको पुस्तक दिएर प्रेरित गर्ने प्रयास गर्दै आएको छु । र, मलाई राम्ररी थाहा छ – गाउँमा आफ्नै पहलकदमीमा स्थापना गरेको नीजि स्कुलमा अध्यापनरत रहँदा भानु मा.वि.मा अध्ययनरत भाईबैनीहरूलाई ट्युशन पढाउने काम पनि गरेको थिएँ । र, यिनका दुई भाइहरूलाई निःशुल्क अध्ययन गर्ने अवसर पनि दिएको थिएँ । यी निकै लगनशिल भानु मा.वि.का छात्र विदुरले आफ्ना दाजु कृष्ण किसान अंग्रेजीमा अनुत्तिर्ण भएर पुरकमा परेका बेला भने ७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएका छन् ।
जिल्ला प्राविधिक कार्यालय म्याग्दीका इन्जिनियर कृष्णबहादुर बोगटी सम्झनुहुन्छ –“बिदुरको लगनशिलताबाट म निकै नै प्रभावित भएको छु । मलाई राम्ररी सम्झना छ, उनी कक्षा ८ को अन्तिम परिक्षाको तयारीमा लागेका बेला म कहाँ इट्टा झिक्ने काम गरेका थिए । परिक्षा दिएर राती अबेरसम्म इट्टा झिक्ने काम गरी साँझ अबेरमात्र उनी घर जान्थे । कतिखेर परिक्षाको तैयारी गर्थे होला कुन्नी ? फेरि, भोलीपल्ट परिक्षामा सामेल भएर इट्टा झिक्न हाजिर भैहाल्थे । अहिले प्रवेशिका परिक्षामा उनले प्राप्त गरेको विशिष्ट श्रेणीका कारण पनि म उनीबाट निकै प्रभावित छु । र, उनको उच्च शिक्षाका लागि आफूले सक्दो सहयोग पनि गर्ने प्रयास गर्नेछु ।” त्यसैगरी जिल्ला विकास समिति म्याग्दीका निवर्तमान उपसभापति भूपेन्द्रबहादुर थापाले समेत उनलाई जागिर खाँदै अध्ययन गर्ने वातावरण मिलाउन आफूले सक्दो सहयोग गर्ने बताउनुहुन्छ ।
परिक्षाफल प्रकाशित हुँदा आफू हलो जोत्दै गरेको बताउने उनले आर्थिक अभावका कारण आफ्नो उच्च शिक्षाको पढाई प्रभावित हुन सक्ला भनेर निकै नै तनावमा रहेको बताएँ । उनले अनिवार्य अंग्रेजीमा ५२, नेपालीमा ६१, सामाजिक शास्त्रमा ६०, अनिवार्य गणितमा ९०, ऐच्छिक गणितमा ८२, विज्ञानमा ८८, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ८० र शिक्षाशास्त्रमा ८४ गरी कुल ५९७ अंक हासिल गरेका छन् । प्रवेशिका परिक्षको तयारीमा आवश्यक ट्युशन तथा कोचिंगको अभावमा ७५ प्रतिशत अंक हासिल गर्न सफल विदुर भाईले यदि शहर बजारमा जस्तो पढ्ने वातावरण पाउँथे भने जिल्ला टप नगर्ने अवस्था नै रहन्थेन होला ।
आज २० गते बिहान म घरबाट फर्कदै गर्दा उनी डोको बोकेर कामतिर जादै थिए । आफूसँग पढेका तर कम अंक हासिल गरेका धनीमानीका छोराछोरी पोखरा, काठमाडौंतिर लागेको थाहा पाएका उनले आफू भने बाग्लुङ वा बेनी कहाँ पढ्ने अन्यौलमा छन् ! कृपया यदि तपाइँहरू मध्ये कोही उनको उच्च शिक्षाको अध्ययनको लागि केहि सहयोग गर्न ईच्छुक हुनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर ९८४७६२४०४४, इमेल tpnir21@yahoo.com वा यसैको पोष्टको कमेन्टमा आफ्नो प्रतिबद्धताका लागि सम्पर्क गर्नुहोला । मलाई लाग्दछ, यिनीजस्ता सहयोगको खाँचो रहेकाहरूलाई सहयोग गर्नु सबभन्दा ठूलो धर्म हो ।
नीराजन सर तपाई महान हुनुहुन्छ । असाह्य वीद्यार्थीको उज्ज्वल भविष्यको लागि चाल्नु भएको कदम प्रति मेरो पुर्ण समर्थन छ । तत्कालिन परिस्थितिमा मवाट सहयोग हुन नसके पनि कुलै एक दिन आफुले सक्ने जति सहयोग गर्ने प्रतिदद्धता जाहेर गर्न चाहन्छु ।
एकराज क्षितिज सुवेदी
ठानामौला ८ विरौवारी पर्बत
के गर्ने !सहयोग गर्न त मन लागेको थियो तर आफै त महादेव उत्तानो पर कसले देला वर भन्ने अवस्थाको सृजना भएको छ मलाई । यदी मसांग भएको बेलामा जेजति हुन्छ सहयोग गर्ने बिश्वाश् दीलाउन चाहन्छु ।
aabase pani nirajan bro ma pani sakdo sahayog garne chhu. maile ta najik bataa dekheko 6u yo problom so …ma timilai cont gar6u ni
मलाई विश्वास छ दिनेश तिमी सहयोगी मान्छे हौं भन्ने कुरामा ! अब मेरो अनि चौरेलीहरूको तिमीप्रतिको विश्वासलाई अझ मजबुत बनाउने समय आएको छ ।
Here i am living for me, mine and myself but there are my brothers and sisters in the world of dark. Yo kasto suwarthi sansar. Aaja malai bhagam le hamro samaj ma aauta bardaan dinu bhayako jasto lagyo. Bigat ma yesta bhabisay haru dherai aandhakaar ko bato ma lagnu pareko haame le dhekna aathawa sunna paincha. Aaja aayara aauta baykte aafno samaj ko laage harpaal tatpaar ra tayaar raheko dhekda khusi lagyo. Yee sabai kura lai paltyera herda malai k laagcha bhane NIRAJAN THAPA LAI SAMAJ RA RASTRA LE SAMMAN GARNU PARNE AATAYNTA AABASAYKTA RAHEKO ma thahar garchu. Ma pani yo sath samundar paare aauta gareeb bidyarthe ko jeeban bitaayeraheko chhu. Mero aafno pyaro bhai jo phadai ko ekshya garda gardai yo sansar bata tada hunu pugyo. Yaha ma yee bhai ko bhawana haru lai masus garchu. Dherai ta ma nasukula. Tara maile sake ko thorai bhayapani yeen ka laage samarpan garna chahanchu. Ra bhabesay ma sakeko garne bhachan ka sath ekchote nirajan g lai dhanyabaad bhandai bida hunchu.
विकाशजी यहाँ सुन्दर हरफहरूका लागि आभार प्रकट गर्न चाहन्छु । आशा छ, यहाँको थोरै सहयोगले पनि विदुर भाईको लागि त्यो करोड बराबरको सहयोग हुनेछ । यहाँको प्रतिबद्धताको लागि फेरि साधुवाद यहाँलाई!
nirajan bhanja ley bhanepachi kehai sayog garna maan lagyo mero tarfa bata ma sakdo sayog garne bacha garda chu…
Thanx mama.. Thank you very much..मलाई आशा छ, विदुर भाई तपाइँ हाम्रो सानो सहयोगले भोली यो देशको योग्य नागरिक बन्न सक्षम हुनेछन् ।