हाम्रो गा.वि.स भवन बन्ने भो’

माओवादी युद्धकालमा देशभर थुप्रै गा.वि.स. भवनहरू विद्रोहीहरूको तारोमा परेका थिए । त्यसमध्ये एउटा गा.वि.स. भवन हाम्रो रत्नेचौर गाउँ विकास समितिको पनि थियो । माओवादीले आफ्ना केहि स्थानीय शुभेच्छुकका साथ र सहयोगमा जलाएको गा.वि.स. भवनको सट्टामा शान्ति तथा पुननिर्माण मन्त्रालयले विनियोजन गरेको लाखौंको बजेटमा चारकोठे पक्की भवन निर्माण गर्ने काम

पुननिर्माणको काम थालिएको गा.वि.स. भवन

 शुरु भएको छ ।

 रत्नेचौर गाविस कै वार्ड नं. ४ घर भै हाल बेनीबजार बस्ने निर्माण व्यवसायी श्रीमती शान्तकुमारी रावलले उक्त भवन निर्माणको ठेक्का पाउनु भएको छ । कुल २१ लाख ९८ हजार ३ सय सन्ताउन्न ३५ पैसाको लागतमा उक्त भवन निर्माणको ठेक्का लिइएको निर्माण कम्पनीका प्रवन्धक वीरेन्द्र रावलले जानकारी दिनु भएको छ । २०६६ चैत्र २६ गते, २०६७ चैत्र २६ गतेसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि एक तलाको उक्त चारकोठे भवन दशै अगावै सम्पन्न हुने प्रबन्धक रावल बताउनुहुन्छ । निर्माणधिन भवनमा अध्यक्ष, उपाध्यक्ष तथा सचिवका लागि भिन्दाभिन्दै कार्यकक्ष र एउटा सभाहल हुनेछ ।

1 thought on “हाम्रो गा.वि.स भवन बन्ने भो’

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s