तीन वर्षपछिको हाम्रो भेट

यो अनुपम भेट

हाम्रो गाउँबाट विगत केहि वर्ष यतादेखि अध्ययनका लागि विदेशिएकाहरूको संख्या उल्लेख्य पाइएको छ । अध्ययनका हेतू को पहिले गाउँबाट विदेशियो ? भन्ने आधिकारीक तथ्याङ्क कसैसँग नभए पनि उच्च शिक्षा अध्ययनका लागि विदेशिनेको संख्या उल्लेख्य रहेकोमा भने दुई मत छैन् ।
यसै साता आफ्नो उच्च शिक्षाका लागि अमेरिकाको टेक्सासमा अध्ययनरत मेरा बालसखा विकाश रावलसँग गाउँ आएको सुअवसरमा उनीसँग विशेष भेट हुने मलाई औसर मिल्यो । जनआन्दोलन भाग २ का घाईते समेत रहेका मेरा मित्र रावल २०६३ को असारमा अमेरिका गएका थिए । कम्प्यूटर इन्जिनियरिङ्ग अध्ययनरत मित्रले देशको बिग्रदो परिस्थिती र दलहरुबिच देखिएको तीव्र ध्रुविकरण देख्दा त्यो अप्रिल क्रान्तिमा आफू लगायतका नेपाली जनताले दिएको योगदानलाई राजनैतिक दलले अवमुल्यन गरेको गुनासो समेत पोखे । हामी दुई बिच व्यक्तिगत भन्दा पनि बढी राष्ट्रिय मामलाका विभिन्न घटनाहरू र तीनका अनेकन पाटाहरुका विषयमा छलफल चल्यो । आफ्नो अध्ययन सक्काए पछि नेपालमै फर्की कम्प्युटर विज्ञानको क्षेत्रमा सक्दो योगदान दिने उनको दृढ योजनाले म पानी पानी भएँ । झण्डै दुई प्लेट वफ सेकुवा र चीसो स्प्राइटको अन्तिम चुस्की लिने समयसम्म हामीले देशको वर्तमान परिस्थितीका थुप्रै पाटाहरूका सन्दर्भमा बहस छेड्यौं । तर, छुट्टिने बेलामा यी २४ वर्षीय युवाको आन्दोलनका समयमा टाउकोमा लागेको चोट र भाँच्चिएको दातको निशानी आजपर्यन्त यस्तै देख्दा भने म निकैबेर स्तब्ध रहेँ !

One thought on “तीन वर्षपछिको हाम्रो भेट

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s