भकिम्ली ग्रामिण सडकखण्डको स्तरोन्नती नहुँदा यस भेगका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका छन् । अफ्ठेरो सडक तथा यस सडकखण्डमा गुड्ने सवारी साधनहरुले क्षमताभन्दा बढी यात्रु चढाउने कार्यले गर्दा दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । यसै बिचमा गत चैत्र १९ गते साँझ यस सडक खण्डको रत्नेचौर – ६ अर्जम स्थित रामचन्द्र नि.मा.वि. भन्दा ५० मिटर माथिको सडकबाट म्याग्दी कालि संचार सहकारीको ग ३ प ४१०८ को मोटरसाईकल सडकबाट झण्डै १०० मिटर तल गणेश मन्दिरमा झर्दा त्यसमा सवार उक्त संस्थाका प्राविधिक विजय गुरुङ गम्भिर घाईते भएका छन् । अफ्ठेरो बाटो र उच्च गतिका कारण दुर्घटना भएको घटनाका प्रत्यक्षदर्शी अर्जमवासीले बताए । उक्त दुर्घटना गाउँको बिचमा नभै कुनै निर्जन ठाउँमा भएको भए घाईते गुरुङको घटनास्थलमै मृत्यु हुन सक्ने प्रत्यक्षदर्शीले आशंका व्यक्त गरे । गाउँको बिचमा दुर्घटना भएकाले तत्काल उपचारका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङ् पुर्याई प्राथमिक उपचार पश्चात पोखरा स्थित मणिपाल हस्पिटलको सघन उपचार कक्षमा दुई दिनको उपचार पछि निजको होश खुलेको बताईएको छ ।
रातो घेरामा मोटरसाइकल खसेको स्थान, पहेंलो धर्को मोटरसाइकल झर्दाको सम्भावित क्षेत्र!
मन पर्यो,न्युज mysansar मा जस्तो ब्लग धाचामा लेख्दा राम्रो होला, कसो ?
राम्रो छ यार ब्लग . . .
यो दुर्घटनाको खबरले मलाई अति नै दुखित तुल्याएको छ । ग्रामीण सडकहरुको स्तरोन्नतीको खाँचो टड्कारो रहेको यस दुर्घटनाले पनि दर्शाउदछ । साथै सवारी चालकहरु चाहे त्यो हलुका मोटरसाइकल, जीप वा पिकअप चलाउने हुन वा हेभी सवारी साधन चलाउने हुन् तिनीहरुले पनि आफ्नो सवारी हाँक्ने गतिमा नियन्त्रण गर्नु आवश्यक छ ।